Thursday, July 25, 2024
घरसमाचारनेपाली काँग्रेस पर्साको अध्यक्षमा जनार्दन सिंह क्षेत्री प्यानल सहित विजयी (कसले कति...

नेपाली काँग्रेस पर्साको अध्यक्षमा जनार्दन सिंह क्षेत्री प्यानल सहित विजयी (कसले कति मत पाए ?)

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २० फाल्गुण/
नेपाली काँग्रेस पर्साको अध्यक्ष पदमा जनार्दन सिंह क्षेत्री प्यानल सहित विजयी भएका छन् ।
शुक्रबार विहान सम्पन्न अन्तिम परिणाम अनुसार क्षेत्री निकटम प्रतिद्वन्दि श्याम पटेल भन्दा ४६५ मत बढ़ी प्राप्त गरि विजयी भएका हुन ।

जनार्दन सिंह क्षेत्रीले १११० मत प्राप्त गरे भने श्याम पटेल ६४५ मैं समेटिए ।

त्यस्तै जिल्ला उपसभापतिमा राम नारायण कुर्मी र अशोक गुप्ता निर्वाचित भएका छन् । कुर्मीले १२३५ मत प्राप्त गरे भने गुप्ताले ११०२ मत प्राप्त गरेका हुन ।

त्यस्तै सचिवमा ११८६ मत प्राप्त गरि इम्तियाज आलम र ११५९ मत प्राप्त गरि दिनेश कुमार चौधरी निर्वाचित भए । भने सह सचिवमा विजयी भएका नविन कुमार सिंह र मदन राउतले क्रमशः १११५ मत प्राप्त गरेका छन् ।

प्राप्त मतगणना नतीजा

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -