Sunday, July 21, 2024
घरक्राइम चेकनेपाल प्रहरी खेलकुद समितिलाई खेलकुद सामग्री प्रदान

नेपाल प्रहरी खेलकुद समितिलाई खेलकुद सामग्री प्रदान

काठमाण्डौ, ९ फाल्गुण/

संगठन प्रमुख एवं नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रम आयोजना गरी नेपाल प्रहरी खेलकुद समितिमा कार्यरत खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरियो ।

राष्ट्रको खेलकुदमा महत्वपूर्ण योगदान पुर्‍याउने नेपाल प्रहरीको खेलकुदलाई अझ बढी स्तरीय र प्रभावकारी बनाउन आवश्यक महशुस गरिएकोले संगठन प्रमुख एवं नेपाल प्रहरी खेलकुद समितिको अध्यक्ष प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको सहयोग एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीज्यूको पहलमा नेपाल प्रहरी खेलकुद समितिमा कार्यरत खेलाडीहरुलाई खेल सामाग्री वितरण गरिएको थियो ।

प्रमुख अतिथिज्यूले सम्पुर्ण खेलाडीहरुलाई खेल सामाग्री हस्तान्तरण गरी निर्देशन सम्बोधन गर्नुभएको थियो सम्बोधनको क्रममा वहाँले खेलाडीहरुलाई अन्तरमनबाटै खेल क्षेत्रमा लागेर आफ्नो व्यवसायिक उत्कृष्टता ल्याउन निर्देशन दिनुभएको थियो ।

प्रहरी नायव उपरीक्षक भरत बहादुर शाहज्यूले सहजीकरणको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहोराज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी प्रतिष्ठानका उप-निर्देशक प्रहरी उपरीक्षक हेम कुमार थापाज्यूले खेलकुद सम्बन्धी संक्षिप्त जानकारी एवं खेल सामाग्री खरिद तथा वितरण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीज्यूले प्रमुख अतिथिज्यू लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद् ज्ञापन गर्नुभएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -