युवा नेता चतुर्वेदीद्वारा फिटनेश क्लबको उद्घाटन

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २ फाल्गुण/मधेशवादी दल छोडेर एमाले प्रवेश गरेका लोकप्रिय युवा नेता आशुतोष चतुर्वेदीले वीरगंज-२५ सिर्सियामा फिटनेश क्लबको उद्घाटन गरेका छन् ।

सोमबार एक समारोहबीच नेता चतुर्वेदीले रिबन काटेर क्लबको उद्घाटन गरेका हुन ।

स्थानीय युवाहरूलाई स्वस्थ र चुस्त राख्ने उद्देश्यले स्थापना गरिएको ११ सदस्यीय सो क्लबमा व्यायाम गर्ने विभिन्न आधुनिक सामग्री राखिएको छ ।

सो समारोहमा क्लबका अध्यक्ष रामजी प्रसाद, कोषाध्यक्ष धिरज चतुर्वेदी, सचिव अजुर्न पटेल, मदन मनिष राउत, पथर राउत, निरज चतुर्वेदी, वृजकिशोर गिरी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here