धुर्मुस सुन्तली फाउन्डेसनले अहिलेसम्म काम गर्दा भएको खर्च ५४ करोड विभिन्न बैंकमा ऋण १७ करोड र यति ७० करोडले रंगशालाको काम ३५% प्रतिशत सम्पन्न भएको भन्दै बाँकी काम सरकारले गर्नुपर्यो भनेर पत्राचार गरेपछि
भरतपुर महानगरपालिकाले आफ्नो मातहतका बिभाग सघन शहरी र नेपाल चार्टड् एकाउन्टेन बाट प्रारम्भिक अध्यन गर्दा रंगशालाको काम जम्मा १४% भएको र अनुमानित लागत जम्मा ५१ करोड खर्च भएको प्रतिवेदन महानगरलाई दिएको छ।
धुर्मुस सुन्तली फाउन्डेसनले सरकारलाई दिएको तथ्य विवरण यहाँनेर बाझिएको छ मेल खाएको छैन अर्को महत्त्वपूर्ण कुरा
यो ५१ करोड पनि इन्जिनियरहरुले निशुल्क रूपमा आएको भौतिक वस्तुहरुको हिसाब गरेर निकालेको रकम हो जुन भौतिक वस्तु निशुल्क गिट्टी बालुवा आएकोलाई पैसामा मुल्यांकन गरेर ५१ करोड निकालेको हो नभए त कति हुन्थ्यो होला सहजै अनुमान् लगाउनुस।
उदाहरणका लागि निर्माणाधिन गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धेरै संघ संस्थाले नगद मात्रै होइन भौतिक वस्तुको पनि सहयोग गरेको थियो जस्तैः भरतपुर २९ मा रहेको महानगर वालुवा उद्योग र मकवानपुर इन्जिनियरिङले १६ ट्रीपर बालुवा सहयोग गरेको थियो/ तिनाउ टिपर व्यावसायी समूहले ५३ टिपर नदीजन्य सामाग्री गिट्टी वालुवा ल्याएको थियो त्यस्तै नुवाकोट आइचर ब्यबसायि बाट २८ टिप बालुवा ६ टिप गिट्टी र नगद ६० हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको थियो भने
त्यस्तै धादिङको गल्छि गाउँपालिकाले १०० ट्रिपर बालुवा सहयोग गरेको थियो अर्को मनहरी गाउँ पालिकाले ९ टिपर यो त केही उदाहरण मात्रै हुन् यस्तो निशुल्क रूपमा आएको निर्माण सामाग्रीको लेखाजोखा हुनुपर्छ की पर्दैन ? सरकारी अधिकारीले त यी सबै निर्माण सामाग्रीको खरिद मुल्यांकन गरेर ५१ करोड खर्च निकालेको हो यदि यस्ता निशुल्क रूपमा आएको भौतिक वस्तुको सहयोग लाई कटाएर निर्माण गर्दा खरिद गरेको मात्रै खर्च विवरण ल्याउने हो भने जिब्रो निकाल्नु पर्ने हुन्छ होला !!