काठमाण्डौ, १६ पौष ।
नेपाली काँग्रेस जन सम्पर्क समिति यूएई, दुबईले नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजीव विक्रम शाहलाई दुबई विमान स्थलमा स्वागत गरेका छन ।
नेपाली काँग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनमा भारी बहुमतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका राजीव विक्रम शाहलाई विदेश भ्रमणको क्रममा यूएई दुबईस्थित विमानस्थलमै स्वागत गरिएको थियो ।
कोरोनाका कारण दुई वर्ष देखि बिदेश घुम्न जान नपाएका केन्द्रिय सदस्य शाह आफ्ना दुई छोरीका साथ युएई भ्रमणमा गएका हुन् ।
जाडो छल्ने उद्देश्यले साथ नितान्त पारिवारिक घुमघाममा समय व्यतित गरेर फर्किएपछि आफ्नो निर्वाचन क्षेत्र कर्णाली प्रदेश जाने र त्यसपछि नेपालमा हुन लागेको आगामी तिनै तहको निर्वाचनमा सबै क्षेत्रबाट काँग्रेसलाई विजयी बनाउने गृहकार्य सहित लागि पर्ने केन्द्रिय सदस्य शाहले बताए ।