Monday, May 20, 2024
घरक्राइम चेकभारतीय आमा बुबाको नेपाली छोरा मनोज

भारतीय आमा बुबाको नेपाली छोरा मनोज

वीरगंज ।
भारतीय आमा बुबाको  नेपाली छोरा बनि नेपाली नागरिकता हासिल गरेका मनोज जायसवाल उर्फ मनोज कलवारले वीरगंजमा बसेर अवैध कारोबार गरिरहेको पोल खुलेको छ ।
बुवा त्रिलोकी प्रसाद र उनको श्रीमती राजादेवी हालसम्म भारतीय नागरिक भएको यथेष्ट प्रमाण भए तापनि मनोजले स्थानीय प्रहरी प्रशासनलाई नजराना दिएर नेपाली नागरिकता हासिल गरेको जग जाहेर छ ।

मनोजका भाई मनिष जयसवाल पनि भारतीय नागरिक रहेको र सन २०२१ को मतदाता सूचीमा उनको नाम रहेको छ ।
भारत पूर्वी चम्पारण विशुनपुर अम्वाका जयसवाल बन्धुहरू रोहित केमिकल्स ट्रेडर्सको नाममा कारोबार गर्दै बैंकबाट भारी रकम ऋण लिएको तथ्य फेला परेको छ ।

कुनै बेला गडबड नागरिक पशुपति ट्रान्सपोर्टका संचालक राजेन्द्र गुप्ता कहा नोकरी गर्ने मनोज/मनीषको छोटो समयमा अप्रत्याशित चौतर्फी विकास भएको देख्दा छिमेकीहरू औला टोकन बाध्य भएका छन् ।

यस सन्दर्भमा मनोज जयसवालसँग सम्पर्क गर्न खोज्दा हुन नसकेपछि उनका भाई मनीषसँग क़ुरा गरेका थियौं । उनले आफ्ना आमाबुवाहरू भारतीय भएको स्वीकार गर्दै दाजु मनोजले नेपाली नागरिकता लिएको बताए । तपाईंको नाम अहिले पनि भारतीय मतदाता सुचिमा रहेको छ नि भनि सोध्दा मनीषले अकमकाउँदै फोन काटिदिए । पछि लगातार फोन गर्दा पनि उठाएनन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -