२०८२ माघ १३ गते, मंगलवार ०८:५९

वीरगंज महानगर भ्रष्टाचारमा डुब्यो: वडाध्यक्षको टोलमैं गुणस्तरहीन निर्माण

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०९ पौष /
देशमा गणतन्त्र स्थापना पछि स्थापित स्थानीय निकाय दलको प्रतिनिधि अर्थात कथित जनप्रतिनिधिहरूको कब्जामा गएपछि प्रतिस्पर्धाको रुपमा भ्रष्टाचार एवं अनियमितता गर्ने क्रम मौलाएसँगै वीरगंज महानगर देशकै सबभन्दा बढ़ी भ्रष्टाचार एवं अनियमितता हुने स्थानीय निकाएको रुपमा परिचय बनाउन सफल भएको छ ।

प्रसङ्ग हो वीरगंज महानगर वडा नम्बर २५ खलवा टोलमा निर्माण भैरहेको धर्मशाला निर्माणको । २५ लाखको बजेटमा निर्माण हुन लागेको धर्मशालाको बाउंड्रीवालमा सम्झौता अनुरूपको काम नगरी गुणस्तरहीन खिया लागेको टेम्पर रहित डण्डी, सीमेन्ट र बलुवा इत्यादिको पनि मापदण्ड विपरीत प्रयोग गरेर निर्माण भइरेको स्थानीयहरूले गुनासो गरेका छन् ।

यसमा अझ दुःख लाग्दो क़ुरा के हो भनें वडा नम्बर २५ का वडाध्यक्ष विश्वराज राउत कुर्मीको आफ्नै टोलमा निर्माण भैरहेको सो निर्माणाधीन धर्मशाला समेत गुणस्तरहीन र कमशल निर्माण सामग्रीबाट निर्माण हुँदैछ ।

वडाध्यक्ष कुर्मीले गोप्यरुपमा आफ्ना नजिकका व्यक्तिहरूको नाममा उपभोक्ता समिति गठन गरि चुनावी खर्च उठाउने उद्देश्यले कमशल र गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगबाट निर्माण कार्य गरिरहेको स्थानीयहरूको गुनासो छ ।

यस विषयमा सो निर्माण कार्यको निगरानी गरिरहेका इंजीनियर दीपरंजन चौरसियालाई सम्पर्क गरेर बुझ्दा उनले उक्त निर्माण कार्यमा खिया लागेको टेम्पररहित गुणस्तरहीन फलामे डण्डी प्रयोग भएको आफूले पनि देखेको स्वीकार गरे । इंजीनियर चौरसियाले भनें सो डण्डी भदौ महिनामैं खरीद गरिएको तर निर्माण कार्य ढिलो गरेर सुरु भएकले खिया लाग्न गएको हो । इंजीनियर चौरसियाले गुणस्तरहीन निर्माण काम रोक्न आफूले कुनै काम नगरे पनि यसैमा आफ्नो मिलिभगत वा स्वीकार्यता नभएको भनि ओठे जवाफ दिएर पञ्छिए ।

भ्रस्टाचार निरूपणको लागि स्थापित अख्तियार दुरुयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला निकायहरू समेतलाई प्रभावमा पारेर जनप्रतिनिधिहरूले यस्ता खाले अनियमितता गर्न थालेपछि देश र राज्यको ढुकुटी रित्तिदै जाने र जनप्रतिनिधिहरू मोटाएर भ्रष्टाचारको साम्राज्य स्थापित हुनेमा सचेत नागरिकहरू चिन्तित देखिन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d rajamania beb88 sritoto
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM