लायन्स क्लवद्वारा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना

0

चन्द्रसूर्य प्रतिनिधि।
वीरगंज, १४ मंसिर।
सामाजिक सेवामा अग्र स्थानमा रहेको लायन्स क्लव अन्तर्गतको लायन्स क्लव अफ वीरगंज आदर्शनगरले वीरगंज स्थित पशुपति शिक्षा मन्दिरमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको छ ।

विद्यालयका बालबालिकाहरूलाई केन्द्रित गरि केडिया आँखा अस्पतालका ५ जना चिकित्सक/स्वास्थ्यकर्मीहरूको टोलीले ७८ जना विद्यार्थीहरूको आँखा परीक्षण गरेको थियो ।

सो क्रममा तीन जनालाई अस्पताल रेफर गरियो भनें १ जनालाई चश्मा लगाउन सुझाव दिए । त्यस्तै २ जनामा रेड कलर समस्या देखा परेको थियो ।

सो अवसरमा लायन्स क्लव वीरगंज आदर्शनगरले त्यहाँका विद्यार्थीहरूलाई खाजा पनि वितरण गरेको थियो ।

लायन्स क्लवका प्रकाश बाहेती, उमेश शाह कानु, बासु तिमलसिना, ओमकार चाचान, सुनील केडिया, वीरेन्द्र शर्मा एवं विद्यालयका शिक्षक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्