२०८३ बैशाख २८ गते, सोमबार ०५:४३

लायन्स क्लवद्वारा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना

चन्द्रसूर्य प्रतिनिधि।
वीरगंज, १४ मंसिर।
सामाजिक सेवामा अग्र स्थानमा रहेको लायन्स क्लव अन्तर्गतको लायन्स क्लव अफ वीरगंज आदर्शनगरले वीरगंज स्थित पशुपति शिक्षा मन्दिरमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको छ ।

विद्यालयका बालबालिकाहरूलाई केन्द्रित गरि केडिया आँखा अस्पतालका ५ जना चिकित्सक/स्वास्थ्यकर्मीहरूको टोलीले ७८ जना विद्यार्थीहरूको आँखा परीक्षण गरेको थियो ।

सो क्रममा तीन जनालाई अस्पताल रेफर गरियो भनें १ जनालाई चश्मा लगाउन सुझाव दिए । त्यस्तै २ जनामा रेड कलर समस्या देखा परेको थियो ।

सो अवसरमा लायन्स क्लव वीरगंज आदर्शनगरले त्यहाँका विद्यार्थीहरूलाई खाजा पनि वितरण गरेको थियो ।

लायन्स क्लवका प्रकाश बाहेती, उमेश शाह कानु, बासु तिमलसिना, ओमकार चाचान, सुनील केडिया, वीरेन्द्र शर्मा एवं विद्यालयका शिक्षक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM