२०८३ जेष्ठ ३ गते, आईतवार १६:२८

इश्लामिक आक्रमण विरुद्ध वीरगंजमा हिन्दूहरूको विशाल शक्ति प्रदर्शन

चन्द्रसूर्य समाचारदाता
वीरगंज, ३० कत्तिक ।
जनकपुर-२० देवपुरा-रुपैठामा छठ ब्रतालु एवं बाराको कलैयामा इश्लाम समुदायका केहि अतिवादीहरूले गरेको सांघातिक आक्रमणको विरोधमा वीरगंजमा हिन्दुहरुले विशाल शक्ति प्रदर्शन गरेका छन्

वीरगंज स्थित रातो बंगलाबाट हजारौं हिन्दू युवाहरुको सहभागितामा गरिएको विरोध प्रदर्शनमा इश्लामिक अतिवादी बन्द गर, हिन्दू माथिको आक्रमण बन्द गर, भ्रष्ट मुख्यमन्त्री राजीनामा दे, हिन्दू एकता जिन्दावाद, जय श्री राम, हर हर महादेव लगायतका नारासहित घण्टाघर, माइस्थान, महावीर स्थान, अलखिया मठ, विर्ता माई मन्दिर, छपकैया स्थित छठ घाट हुँदै नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएर प्रदर्शन सम्पन्न भएको थियो ।

हिन्दू समाज पर्साको आयोजनामा गरिएको विरोध र्याली सहितको शक्ति प्रदर्शनमा विभिन्न हिन्दूवादी संघसंगठनका पदाधिकारी, प्रतिनिधि, हिन्दूवादी अगुवा एवं स्वतन्त्र हिन्दू युवाहरुको व्यापक सहभागिता रहेको थियो ।

देश संघीय प्रणालीमा गएपछि र प्रदेश २ मा मुस्लिम समुदायका मुख्यमंत्री र हरेक तहमा मुस्लिमहरूको पहुँचभए देखि निरन्तर रुपमा बारम्बार हिन्दू समुदायमाथि भौतिक रुपमा आक्रमण गर्ने, क्षति पुर्याउने र धार्मिक एवं सामाजिक सहिष्णुता खल्बल्याउने कार्य मुस्लिम समुदायले गरिरहेको र त्यसको संरक्षण मुख्यमंत्री मोहम्मद लालबाबु राउत गद्दीले गर्दै आएको आरोप लगाउँदै सहभागीहरूले मुख्यमन्त्री गद्दीको राजीनामाको माग गर्दै आगामी दिनमा हिन्दू समुदायमाथि हुने कुनै पनि किसिमको आक्रमण सह्य नहुने चेतावनी समेत कोणसभाका वक्ताहरुले दिएका थिए ।

वक्ताहरुले हिन्दुहरुको सहनशीलता र शान्तिप्रियतालाई कुनै पनि पक्षले कमजोरी नठान्न समेत चेतावनी दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM