२०८२ चैत्र २३ गते, सोमबार २२:२८

काँग्रेस महाधिवेशन: विमलेन्द्र निधिद्वारा केन्द्रिय सभापतिमा उम्मेदवारी घोषणा

चन्द्रसूर्य समाचारदाता।
काठमाण्डौ, ११ भाद्र ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको केन्द्रिय सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी मंसिर महिनामा हुन लागेको नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि शुक्रवार एक समारोह बीच नेता निधिले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।

नयाँ बानेश्वर थापा गाउँस्थित बानेश्वर बैंक्वेटमा सनातन धार्मिक विधि अनुसार पूजा आजा गर्दै सम्पर्क कार्यालयको उद्घाटन पछि आयोजित समारोहमा आगामी महाधिवेशनको लागि केन्द्रिय सभापति पदमा उम्मेदवारी घोषणा गर्नु हुँदै उपसभापति निधिले आफू सभापतिमा उठ्ने निश्चित भएको र विभिन्न धर्मका गुरुहरुले आर्शिवाद दिएको बताउनु भयो ।

पूर्व झापा देखि पश्चिम कन्चनपुरसम्मका नेता एवं कार्यकर्ताहरूको बाक्लो उपस्थिति माझ नेता निधिले आफू बिपी कोइरालाको आशीर्वादले २०३८ सालमा नेविसंघको निर्विरोध अध्यक्ष भएको भएको स्मरण गर्दै अब बिपीकै आशीर्वादमा पार्टीको सभापति बन्न लागेको उद्घोष गरे ।  उनले भने, ‘म बिपीको चाहनाअनुसार २०३८ सालमा निर्विरोध रुपमा निर्वाचित भएको थिएँ । उहाँले मलाई राष्ट्रिय राजनीतिमा चिनाउनुभयो । त्यसकै आधारमा आज म क्षमता वृद्धि गरेर काँग्रेस र देशलाई नेतृत्व दिनका लागि उभिएको छु।’

उनले आफूलाई सम्पर्क कार्यालयमा आएर सल्लाह सुझाव दिनसमेत आह्वान गरे । नेता निधिले आगामी तीनवटै तहको चुनावमा काँग्रेसलाई जिताउने प्रतिबद्धता लिएर आफू मैदानमा उत्रिएको बताए। आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारे ।

निधिले भने, ‘मलाई विश्वास छ, नेपाली काँग्रेसलाई आगामी एक, डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ मलाई पूरा विश्वास छ । मेरो सम्पूर्ण ध्यान नेपाली काँग्रेसको सभापति हुने कुराको लागि मेरो उद्देश्य भनेको आगामी आम चुनावमा नेपाली काँग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि सम्पूर्ण आफ्नो बुद्धि, विवेक र संगठनलाई एकतावद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो ।’

उपसभापति निधिले नेपाली काँग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए।

आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको भन्दै उनले १४ औँ महाधिवेशनबाट काँग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने प्रतिबद्धता जनाए।

निधिले भने, ‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ। नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनताको बीचमा गएर भन्न चाहन्छु, जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली देशमा ल्याएका छौँ, त्यो प्रणाली लाबारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो । यो संविधान लावारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो।’

उपसभापति निधिले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवापुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने उल्लेख गरे।

उनले भने, ‘नेपाली कांग्रेसमा र देशमा, संगठनको संरचनामा क्रमिक रुपमा नेतृत्वमा युवा पुस्ता पनि आउनुपरेको छ। म युवा पुस्ता नेपाली कांग्रेसको नेतृत्वमा आउन सकोस्, युवा पुस्ताले देशको नेतृत्व गर्न सकोस् । त्यसको निम्ति म सहजकर्ताको भूमिका निर्वाह गर्न पनि म सभापतिको पदमा उम्मेदवारी दिन आफूलाई तयार गरेको हुँ ।’

कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले “हिमाल पहाड़ तराई मधेश सबैको देश सबैको काँग्रेस”भन्ने नाराका साथ केन्द्रिय सभापतिको लागि उम्मीदवारी दिनु भएका नेता विमलेन्द्र निधिलाई सबैले साथ, सहयोग गर्नु पर्ने क़ुरामा जोड़ दिनु भयो । नेता द्विवेदीले सम्पूर्ण नेताहरू एक जुट भएर काँग्रेस र देशलाई सही मार्गमा ल्याउने परम्परलाई अक्षुण्ण राख्न पनि विमलेन्द्र निधिलाई आगामी सभापतिको नेतृत्व दिन सबैले साथ दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश -२ का भौतिक योजना तथा पूर्वाधार मन्त्री राम सरोज यादव, ऊर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्मा,
नेपाली काँग्रेसका डडेलधुरा सभापति कर्ण मल्ल, सप्तरिका सभापति दिनेश यादव, नेकांका केन्द्रिय सदस्य लक्ष्मी परियार, पूर्व मन्त्री होमनाथ दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा. गोविन्द पोखरेल, धनुषाका पूर्व सभापति स्मृति नारायण चौधरी,  नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी, पूर्व सभासद शम्भू हजरा, पूर्व डिन कृष्ण अधिकारी, वरिष्ठ पत्रकार किशोर नेपाल लगायत नेपाली काँग्रेसका विभिन्न जिल्लाका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania rajamania sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 andara88 m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM