२०८३ जेष्ठ ११ गते, सोमबार ०१:०९

उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा २०८२ को आयोजना हुने

काठमाडौं । उप्रेती समाजसेवा समितिले आफ्नो वार्षिक साधारण सभा २०८२ आयोजना गर्ने भएको छ। समितिले एक औपचारिक सूचना जारी गर्दै सम्पूर्ण आजीवन सदस्यहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको जनाएको छ।

समितिका अध्यक्ष शोभित उप्रेतीले दिनु भएको जानकारी अनुसार उक्त साधारण सभा २०८२ साल चैत २८ गते शनिबार बिहान ११:३० बजे बत्तीसपुतलीस्थित होटल तपसमा आयोजना गरिनेछ। कार्यक्रममा संस्थाका वार्षिक गतिविधिहरूको समीक्षा, आगामी कार्ययोजना तथा विविध संस्थागत विषयहरूमा छलफल गरिने छ।

सोही अवसरमा नववर्ष २०८३ को भित्तेपात्रो (क्यालेन्डर) तथा विभिन्न प्रकाशनहरूको संयुक्त रूपमा लोकार्पण गरिनुका साथै उपस्थित सदस्यहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम पनि सञ्चालन गरिने अध्यक्ष शोभित उप्रेतीले बताउनु भयो ।

समितिका अध्यक्ष शोभित उप्रेती र महासचिव लक्ष्मण प्रसाद उप्रेतीद्वारा जारी निमन्त्रणामा उप्रेती वंशज सदस्यहरूलाई समेत कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरिएको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि सचिव बलराम उप्रेतीसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM