एजेण्डा सहित एनआरएनको सचिव प्रत्याशी रामशरण सिम्खडा

0

 

गैर आवासीय संघ को ठुलो राष्ट्रिय समन्वय परिषद मध्ये को एउटा ठुलो राष्ट्रिय समन्वय परिषद बेलायतका १९-२१ कार्यकालका अन्तर्राष्ट्रिय सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक रामशरण सिम्खडा यसै वर्ष अक्टोबरमा हुने दशौ अधिवेशनमा सचिव पदको प्रत्याशीको रूपमा अगाडी बढेका छन्। सचिवका सात ”स” सहितको उनको एजेण्डा यस प्रकार छ :
१. साझा एनआरएनए
२. सक्षम र सबल साझा एनआरएनए
३. शुल्क रहित साझा एनआरएनए
४. स्मार्ट साझा एनआरएनए
५. सिप, ज्ञान, नवप्रबर्धन र दिगो साझा एनआरएनए
६. साझेदार र सहकार्य सहितको साझा एनआरएनए
७. सबैको पहुच, उत्तरदायी र पारदर्शी साझा एनआरएनए

धादिंगमा जन्मिएर बेलायतमा बसोबास गर्दै आएका सक्रिय सामाजिक अभियन्ता रामशरण सिम्खडा एनआरएन युकेका संस्थापन सदस्य हुन् । १२ वर्ष लामो अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेको उनले २७ सयभन्दा बढी संघसंस्था आबद्धता रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी समालिसकेका छन् ।
एनआरएनए बेलायतमा दुई कार्यकाल आइसीसी सदस्य, पटक पटक गरेर विधान संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर आफ्नो जिम्मेवारी पुरा गरेका सिम्खडा सन् २०११ को एनआरएनए युकेको निर्वाचनबाट महासचिव समेत हून।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्