२०८२ असार २० गते, शुक्रबार ०६:२३

रक्तदान एवं विरूवा वितरण गर्दै युवा क्लबको स्थापना

चन्द्रसूर्य प्रतिनिधि
वीरगंज, ०४ श्रावण ।
आफ्नो समाजमा देखिएका विकृति, विसंगति, बेथिति, कुरीतिहरूलाई जनचेतना मार्फत अन्त्य गरि समाजलाई सही बाटो तर्फ अग्रसर गराउने पवित्र उद्देश्यका साथ स्थापित एउटा क्लबले उद्घाटनकै दिन रक्तदान कार्यक्रम एवं विरूवा वितरण गरेको समाचार प्राप्त भएको छ ।

वीरगंज-१५, भेड़ियाहीका युवाहरूको समूहले विधिवत रुपमा दर्ता गराई संचालनमा ल्याएको “सामाजिक विकासका लागि सृजनशील युवा क्लब” नामक संस्थाले सोमवार वैदिक पद्धति अनुसार पूजा पाठ गर्दै रक्तदान कार्यक्रम एवं विरूवा वितरण कार्यक्रमका साथ क्लबको उद्घाटन गरेका हुन ।

सो क्रममा दिपेन्द्र कुमार सिंह, श्रवण गुप्ता, प्रशान्त पटेल, अनिल साह, भोला यादव, दीपक सिंह, संयोग सिंह, कृष्ण सहनी, विनोद सर्राफ लगायत २४ जनाले रक्तदान गरेका थिए ।

त्यस्तै आँप लगायत विभिन्न प्रजातिका फलफूल तथा रुखका विरूवा स्थानीयहरूलाई वितरण गरिएको हो ।

सामाजिक विकासका लागि सृजनशील युवा क्लबका अध्यक्ष दिपेन्द्र कुमार सिंहको अध्यक्षतामा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १५ का वड़ाध्यक्ष गजेन्द्र पटेलले रिबन काटी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

सो कार्यक्रममा नेपाली कॉंग्रेस वड़ा नम्बर १५ का बुथ सभापति अनिल सिंह, नेपाली काँग्रेसका जिल्ला सदस्य प्रवेश सर्राफ, महानगरपालिका बोर्ड सदस्य एवं महिला नेतृ मनोजा चौधरी, समजसेवी अनिरुद्ध प्रसाद सिंह, पवन सिंह, बिनय गुप्ता, दिपेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM