रौशन चौधरी
रौतहट । जिल्लाको गरुडा नगरपालिकामा १० श्य्याको अस्पताल भवनको एक समाराेहका बीच शालान्यास गरिएको छ ।
गरुडा नगरपालिका मेयर ईन्नु राय यादवले पंडितले मन्त्रोचारण पश्चात बिधिवतरुपले अस्पताल भवनको सिलान्यास गर्नु भएको हो ।
नगर र आसपासका जनतालाई आफ्नै नगर क्षेत्रमा समयमै स्वासथ्योपचार सेवा प्रवाह गर्ने उद्देश्यसहित अस्पतालभवनको शिलान्यास गरिएको नगर प्रमुख प्रमुख ईन्नु राय यादवले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मो.मुस्ताक आलम बृजकिशोर यादव, राजकुमार दास तत्मा वडा अध्यक्ष हारु युवा नेता अनिल यादब,नगरपालिकाका कर्मचारी,बिभिन्र राजनितिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थनियहरुको उपस्थिती रहेको थियो ।
कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले पनी एक कार्यक्रमको आयोजना गरेर १५ बेडको अस्पताल भवनको सिलान्याश गरेका छन ।
सो अवसरमा उपमेयर नुरजहाँ खातुन,नगरप्रवक्ता चन्दन कुश्वाहा,वडा अध्यक्षहरु सर्फलाल गुप्ता,हरीभजन साह, राजकुमार साह,निमित प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह लगायतको उपस्थिती रहेको थियो ।
आधारभुत स्वास्थसेवामा सबै नागरिकको पँहुच पुर्याउने सरकारको प्रयास स्वरुप आज देशको तिनसय ९६ स्थानियतहमा १५ सैयाको अस्पताल र सातै प्रदेशमा सरुवारोग अस्पतालको सिलान्यास हुँदै छ ।
सोही कार्यक्रम अनुसार रौतहटको मौलापुर कटहरियाका साथै राजदेवी र माधव नारायण नगरपालिकामा पनी १५ बेडको अस्पताल भवनको सिलान्यास भएको छ ।
त्यसैगरी परोहा नगरपालिकामा पनी १० बेडको अस्पताल भवनको सिलान्यास भएको जिल्ला अस्पताल गौरले जनाएको छ । सम्बन्धीत नगरप्रमुख तथा उपप्रमुखहरुले छुटाछुटै कार्यक्रमको आयोजना गरी एकैपटक ६ वटा अस्पताल भवनको सिलान्यास गरेका हुन ।
स्थानियतहमा निर्माण हुनलागेको १५ बेडको अस्पताल भवनको कुल बजेट १८ करोड ६ लाख ८२ हजार रहेको छ । जस मध्ये कटहरिया नगरपालिकामा तिनकरोड,२३लाख ३० हजार रुपैया आईसकेको निमित प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले बताएका छन ।
१५ बेडको अस्पतालको हकमा सोही अनुसार बाँकी स्थानियतहमा पनी रकम आएको छ ।
१० बेडको अस्पतालको निर्माणको लागी कुल १० करोड ८३ लाखको बजेट रहेको र हाल ८३ लाखरुपैया स्थानियतहमा आईसकेको कटहरिया नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले जानकारी दिएका छन ।