२०८२ कार्तिक २१ गते, शुक्रबार २१:५३

पुरुष मात्र भएको कोरोना वार्डमा नर्स पारदर्शी पीपीइभित्र भित्री वस्त्र मात्रै लगाएर आएपछि…

काठमाडौं। पुरुष बिरामी मात्र भएको कोरोनाभाइरस वार्डमा पारदर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर ड्युटीमा खटिएकी एक नर्सलाई कारवाही गरिएको छ । रुसको एक अस्पतालमा खटिएकी ती नर्सको फोटो भाइरल भएको थियो । वार्डमा भर्ना भएका एक बिरामीले उनको फोटो खिचेर इन्टरनेटमा शेयर गरेका थिए । राजधानी मस्कोदेखि सय माइल दक्षिणमा रहेको शहर तुलामा भर्ना भएका ती बिरामीले फोटो शेयर गर्दै नर्सको यस्तो पहिरनले बिरामीहरुलाई भने कुनै गुनासो नभएको बताएका थिए ।

डेलीमेलको समाचार अनुसार अस्पताल प्रशासनले ती नर्सलाई न्यूनतम पहिरन नलगाएको भन्दै कारवाही गरेको छ । २० वर्षकी नाम नखुलाइएकी ती नर्सले भने पीपीइ गाउनभित्र नर्सको युनिफर्म लगाउँदा धेरै गर्मी भएकोले यस्तो गरेको बताएकी छिन् । तुला रिजनल क्लिनिकल हस्पिटल प्रशासनलाई बताएअनुसार उनले बिरामीको उपचारको क्रममा लगाएको पीपीइ त्यति धेरै पारदर्शी छ भन्ने आफूलाई जानकारी नभएको बताएकी छिन् । ती नर्समाथि अनुशासनको कारवाही गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM