२०८३ बैशाख ३१ गते, बिहीबार ००:४९

तस्करीको प्याज नियन्त्रणमा लिएपछि बारामा गोली चल्यो

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १३ कार्तिक/ बारामा तस्करीको सामान नियन्त्रणमा लिएर फर्कने क्रममा प्रहरीको टोलीलाई स्थानीय बासिन्दाले आक्रमण गरेका छन्। सो क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्।

सुवर्ण गाउँपालिकाको कवही गोठमा तस्करी गरि ल्याइएको प्याज नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा स्थानीयबासिन्दाले प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि झडप भएको हो।

स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गरेर भ्यान समेत तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको बाराका प्रहरी उपरीक्षक कृष्ण पङेगेनीले जानकारी दिए।

सो क्रममा प्रहरीले १२ राउण्ड गोली चलाउनु परेको उनले बताए ।

प्रहरीले चलाएको गोली लागेर स्थानीय १४ वर्षका रन्जन यादव गम्भीर घाइते भएका छन्।

यादवको वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM