कोरोना संक्रमण न्युनिकरण सम्बन्धित ३१ नं वडाको बैठक सम्पन्न

0

चन्द्रसूर्य समाचारदाता

काठमाण्डौ, १३ भाद्र ।

आज वडा नं ३१ को आयोजनामा कमल नेत्र छुन्ना मुन्ना स्कुलको प्रांगणमा बसेको बैठकमा कोभिट 19 , कोरोना भाईरसलाई फैलनबाट रोक्न के कस्ता उपाएहरु गर्ने भन्ने बारेमा छलफल भयो । उक्त बैठक ३१ वडाका वडा अध्यक्ष नारायण प्रशाद भण्डारी ज्युको अध्यक्षतामा बसेको थियो । यस बैठकमा प्रदेश सभाका सांसदहरु श्री राजेन्द्र गुरुङ्गज्यु र श्री गणेश प्रशाद दुलालज्यू पनि उपस्थित हुनु हुन्थ्यो । त्यसै गरि अन्य अथिथीमा किङ्गकम स्पोर्ट्स क्लबका अध्यक्ष श्री राजेश गुरुङ्गज्यु, कमल नेत्र छुन्ना मुन्ना स्कुलका प्रिन्सिपल श्री ज्ञानेन्द्र भट्टराईज्यू, युवा पत्रकारहरुको संगठन नेपाली युवाको आवाजका अध्यक्ष श्री स्वर्ण बिक्रम शाहज्यू पनि उपस्थित हुनुहुन्थ्यो ।

आज बसेको उक्त बैठकमा ३१ वडा भरि बस्ने नागरिकहरुको डाटा संकलन गर्ने, वडामा कोरोना संग लड्न एउटा बिज्ञ्यहरुको समूह तयार पार्ने, कन्ट्याक्ट् ट्रेसिङ्गको दायरा बढाउने, यदि वडा भित्र कहि कतै केही घटना घटेमा तुरुन्त वडामा खबर गर्ने र वडाले पनि उक्त खबर प्रति चाडो भन्दा चाडो कदम चाल्ने जस्ता कामहरु गरी अगाडि बढ्ने भन्ने निर्णय पनि गरियो ।
” यस कार्य हामी चाडो भन्दा चाडो लागू गर्ने छौ र यस कार्यमा हामीलाई यस वडा भित्रका क्लबहरु, नागरिक समाजहरु र उपभोक्ता समितिहरुले अवस्य सहयोग गर्दछ र हामी यस कार्यबाट यस वडामा कोरोनाको महामारीलाई धेरै हद सम्म न्युनिकरण गर्न सफल हुनेछौ ।” भनी उक्त ३१ वडाका अति जुजारु एंवम अति क्रियाशिल सदस्य सरोज ढकालज्यूले बताउनु भयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्