Saturday, February 8, 2025
घरसमाचाररातोपाटीले भ्रामक समाचार लेख्यो : भगत

रातोपाटीले भ्रामक समाचार लेख्यो : भगत

रौशन चौधरी ।

रौतहट, ३ भदौ ।

रौतहटको कटहरिया नगरपालिकाका स्वास्थ्य संयोजक अमृष भगतले रातोपाटी अनलाइन न्यूज पोर्टलले आफ्नो बारेमा कपोलकल्पित, गलत, झूठा एवं भ्रामक समाचार लेखी जनतालाई भ्रमित गरेको आरोप लगाएका छन् ।

कोरोना जाँचको लागि स्वाब माग्न जाँदा कटहरिया नगरपालिका कि उपमेयर नुर जहाँ खातुनले स्वास्थ्य संयोजक भगतलाई गाली गलौज गरेको भनि पत्रकार संजय मिश्राले मंगलबार रातोपाटीमा समाचार सम्प्रेषण गरेका थिए ।

आफ्ना बारेमा पत्रकार मिश्राले लेखेको समाचार झूठो रहेको स्वास्थ्य संयोजक भगतले बताएका छन् ।

मिश्राले लेखे जस्तो आफूलाई उपमेयर खातुनले कुनै प्रकारको गाली गलौज नगरेको उनले बताए ।

स्वास्थ्य संयोजक भगतले आज प्रेस विज्ञप्ति निकाली पत्रकार मिश्राले लेखेको तथ्यहिन समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

हुँदै नभएको कुरा लेखेर समाजमा भ्रम फैलाउने पत्रकार मिश्रालाई अबदेखि यस्तो हावादारी समाचार सम्प्रेषण नगर्न उनले चेतावनी समेत दिएका छन् ।

यस्ता गलत र भ्रामक सामग्री सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउने पत्रकार मिश्रालाई अबदेखि यस्तो गलत खबर नलेखन एकचोटि को लागि उनले माफ गरेका हुन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -