Sunday, July 21, 2024
घरसमाचारलायन्स क्लब चितवन लन्कुद्वारा नि:शुल्क मास्क वितरण

लायन्स क्लब चितवन लन्कुद्वारा नि:शुल्क मास्क वितरण

चितवन । भरतपुर -४ धर्मचोकमा कोभिड -१९ संक्रमण जोखिम न्यूनीकरणका लागि सचेतना एवं नि:शुल्क मास्क वितरण गरिएको छ ।

लायन्स क्लब चितवन लन्कु , जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र दिदिबहिनी आमा समूह धर्मचोकको आयोजनामा धर्मचोकमा मास्क वितरण गरिएको लायन्स क्लबका महेश्वर झाले जानकारी गराउनु भयो ।

मोटरसाईकल, मोटर, ट्याक्सी, कार, तथा पैदलयात्री मास्क प्रयोग नगर्नेलाई नि:शुल्क मास्क वितरण गरिएको तथा मास्क लगाई सार्वजनिक स्थलमा हिड्न आग्रह गरिएको लायन्स क्लबका अध्यक्ष लायन कृष्ण कुमार शर्माले जानकारी दिनुभयो ।

मास्क वितरण गर्ने कार्यक्रममा सान्दर्भिक मन्तव्य लायन हरिदास सापकोटाले दिनुभएको थियो जिल्ला ट्राफिक कार्यालय , दिदिबहिनी आमा समुहका सदस्यहरु, समाजसेवी ,स्थानीय बुद्धिजीवी सहभागी थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -