२०८३ जेष्ठ ४ गते, सोमबार ०५:२४

लक्षण नदेखिने संक्रमितबाट अन्य व्यक्तिमा सर्दैन कोरोना: डब्ल्यूएचओ

केही अनुुसन्धनकर्ताले कोरोनाभाइरसको लक्षण नदेखिएका संक्रमितका कारण महामारी नियन्त्रण गर्न कठिनाइ हुुन सक्ने चिन्ता प्रकट गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने त्यस्ता बिरामीले महामारी संक्रमण बढावा नदिइरहेको स्पष्ट पारेको छ।

कोरोनाबाट संक्रमित भएका केही व्यक्तिहरु विशेषगरी वयस्क र स्वस्थ व्यक्तिमा कोरोनाको लक्षण कहिल्यै पनि देखिने गर्दैन वा त केही सामान्य लक्षणमात्रै देखिने गर्दछ। कतिपयमा भने वास्तविक रुपमा संक्रमित नहुुँदासम्म लक्षण देखिन सक्छ। 

सुुरुआती प्रकोपको आँकडाको प्रमाणहरुले संक्रमितमा कुुनै लक्षण नदेखिए पनि कोरोनाभाइरस मानिसबाट मानिसमा सर्न सक्ने संकेत गरेको थियो।

तर यतिबेला डब्ल्यूएचओका अधिकारीहरुले बिनालक्षण संक्रमण फैलन सक्ने भए पनि यो नै फैलावटको मुुख्य माध्यम नभएको बताएका छन्।

“हामीसँग उपलब्ध डेटाका अनुुसार कोरोनाको लक्षण नदेखिएका संक्रमितहरुले दोस्रो व्यक्तिलाई संक्रमण सार्ने घटना दुुर्लभ देखिएको छ”, डब्ल्यूएचको आपतकालीन रोग र जुुनोसिस विभागकी प्रमुुख डा मारिया भान केरकोभले भनिन्, “विश्वका सरकारहरु लक्षण देखिएका संक्रमितलाई पहिचान गर्न र आइसोलेट गर्नमा केन्द्रित हुुनुपर्दछ र यसका साथै उनीहरुको सम्पर्कमा आएकाहरुको पनि पहिचान गर्नुुपर्दछ।” 

अधिकांश अनुुसनधान र डेटाहरुले के कोरोनाको लक्ष्यण नदेखिएकाहरुबाट भाइरस व्यापक रुपमा फैलन सक्छ ? भन्ने प्रश्नको सत्यतथ्य जवाफ दिनुुपर्नेमा डा केरकोभले जोड दिएकी छन्।

“हामीसँग विस्तृत रुपमा कन्ट्याक्ट ट्रेसिङ गरिरहेका देशहरुको धेरै रिपोर्टहरु उपलब्ध छन्। उनीहरुले बिना लक्षणका केसहरु र सम्पर्कमा आएकाहरुलाई पनि पछ्याइरहेका छन्’, उनले भनिन्, ‘यस्तो गर्दा उनीहरुले दोस्रो व्यक्तिमा संक्रमणको फैलावट पाइरहेका छैनन्। यो एकदमै दुुर्लभ छ।”

– एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM