२०८२ मंसिर २० गते, शनिबार ००:१७

यौन व्यवसाय संकटमाः व्यवसायी चिन्तित

कोरोना भाइरस महामारीबीच सामाजिक दूरीसम्बन्धी नियमका कारण स्ट्रिप क्लब अर्थात्‌ वयस्कहरूलाई मात्रै अनुमति दिइने मनोरञ्जन स्थल र वेश्यालयहरू बन्द भएसँगै विश्वभरिका यौनकर्मीहरूको आम्दानीको स्रोत बन्द भएको छ।जीविकोपार्जका साथै स्वास्थ्यबारे चिन्तित कतिपय यौनकर्मीले अनलाइनमार्फत् व्यवसायलाई जारी राख्न चाहिरहेका छन् भने कतिपयले आर्थिक सहयोगको मुख ताक्नु परेको छ।

इस्टल ल्युकासले अस्ट्रेलियाको मेल्बर्नमा १० वर्षदेखि काम गरिरहेकी छन् र आफन्त ग्राहकहरूसँग सावधानीपूर्वक सम्बन्ध बनाएकी छन्। तर कोभिड-१९ सङ्क्रमण र सामाजिक दूरी कायम राख्नुपर्ने नियमका कारण यौन व्यवसायमा रोक लागिसकेको छ। ‘स्पष्ट रूपमा भन्नुपर्दा यदि मैले छ महिनासम्म काम गरिनँ भने धेरै मानिसले मलाई बिर्सने छन्,’ उनी भन्छिन् ‘म आफ्ना ग्राहकहरूसँग कुरा मात्र गर्न सक्छु। यसले यो व्यवसायमा काम गर्दैन। हामीले अन्तरङ्ग सम्बन्ध कायम गर्नुपर्छ जुन अहिलेको अवस्थामा सम्भव छैन।’

कोरोनाभाइरस महामारी सुरु हुनुअघि इस्टलले औसतभन्दा बढी आम्दानी गर्थिन् र मेल्बर्नको बाहिरी भेगमा रहेको घरको बन्धकी बापतको रकम छिट्टै तिरिसक्ने उनको आशा थियो।

तर अहिले उनको आम्दानीका लगभग सबै स्रोत मरिसकेका छन्। उनले अनलाइनमार्फत्‌ व्यवसायलाई अगाडि बढाउने प्रयत्न गरेकी छन्, तर भन्छिन्- शारीरिक सम्पर्कलाई त्यसले विस्थापित गर्न सक्दैन। ‘दुर्भाग्यवश कतिपय कुराले मूर्तरूप लिन सक्दैन,’ उनी भन्छिन् ‘मैले अनलाइनमार्फत्‌ प्रयास गरेकी छु तर सबैलाई प्राविधिक ज्ञान हुँदैन। मेरा कतिपय ग्राहकलाई स्मार्टफोन कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा छैन।’

क्षेत्रीय सरकारले रेष्टुराँ र क्याफेहरू खोल्नेबारे योजना ल्याए पनि यौन उद्योगबारे कुनै योजना छैन। त्यो अनिश्चितता र भाइरस लगायत कारणले यौनकर्मीहरू गम्भीर तनाव परेका छन्।

कोभिड-१९ का कारण रोजगारी गुमाउनेका लागि अस्ट्रेलिया सरकार आर्थिक सहायता उपलब्ध गराउन सक्छ तर त्यसका लागि सम्बन्धित पक्षले कर तिर्दै आएको प्रमाणित गर्नुपर्छ जुन कुरा दर्ता नभएका कतिपय यौनकर्मी र आप्रवासीले गर्न कठिन छ। विश्वका दर्जनौँ देशका यौनकर्मीहरूले सामना गरिरहेको यो एउटा समस्या रहेको लेस्टर विश्वविद्यालयस्थित अपराधशास्त्रकी प्राध्यापक टीला स्यान्डर्स बताउँछिन्। ‘सरकारहरूले अधिकांश मानिसहरूलाई खासगरी आफ्नै उद्यममा लागेकाहरूलाई राम्रोसँग सामाजिक सुरक्षा प्रदान गरिरहेका छन्, तर त्यसभित्र यौनकर्मीहरू समावेश छैनन्,’ उनी भन्छिन्।

यसबीच आपत्‌कालीन सहायताका लागि रकम सहयोग गर्न अनलाइनमार्फत् अपील गरिँदैछ। गत हप्तासम्म लास भेगस सेक्स वर्कर्स कलेक्टिभ नामक समूहले १९,३०० डलर जुटाइसकेको छ भने इटलीमा एउटा सहयोगी गठबन्धनले २१,७०० युरो सङ्कलन गरेको छ।

कतिपय यौनकर्मीलाई ठूलो जरिवाना तिर्नुपर्ने र सङ्क्रमण हुन सक्ने जोखिमबीच काम गर्न बाध्य पारिएको छ। ‘विकासशील देशहरूमा प्रायशः यौनकर्मीहरू आफ्ना भाइबहिनी, बालबच्चा र हजुरबाआमाका प्रमुख सहारा छन्। अतः यसले पूरै परिवारमा प्रभाव पारेको छ।,’ प्राध्यापक स्यान्डर्स भन्छिन्।

इङ्ग्लिश कलेक्टिभ अफ प्रोस्टिट्युट्सकी निकी एडम्स त्यस्तै धारणा राख्छिन्। यूकेका अधिकांश यौनकर्मीहरू आमा रहेको र अझै काम जारी राख्नेहरू पैसाका लागि त्यसो गरेको उनले बीबीसीलाई बताइन्। तर चाहेको खण्डमा पनि कतिपय यौनकर्मीहरू त्यसलाई निरन्तरता दिने अवस्थामा छैनन्।

बंगलादेशस्थित दौलतदिआ वेश्यालयमा ग्राहकहरू छिर्न नपाऊन् भनेर प्रहरीले सुरक्षा दिइरहेका छन्। त्यो संसारका ठूलामध्येका वेश्यालय हो। टिनले छाएका ससाना घर र साँघुरा बाटा भएका एउटा नगर जहाँ १,३०० महिला र उनीहरूका ४०० बालबच्चा बस्छन्।

उक्त वेश्यालय मार्चदेखि बन्द छ जसकारण ती महिलाहरू अत्यावश्यक सामान किन्न सङ्घर्षरत छन् र दानमा निर्भर हुनु परेको छ। ‘हामीले अहिले काम गर्न सक्दैनौँ। अतः हामीसँग कुनै आम्दनी छैन जुन डरलाग्दो कुरा हो,’ वास्तविक नाम नबताउने नम्जाले भनिन्।

नज्माले तीनजना बालबच्चालाई हेर्नुपर्छ जो गाउँमा उनकी बहिनीसँग बस्छन्। नज्मा ३० वर्ष अगाडि सात वर्षकै उमेरमा वेश्यालय पुगेकी थिइन्। हुन त अहिले उनलाई पैसाको खाँचो छ तर यो महामारीमा काम गर्न उनमा डर छ।

वेश्यालयमा काम गर्ने धेरै महिला तथा बालिकाहरू मानवतस्करीका शिकार हुन्। ‘उनीहरूमध्ये थुप्रै चाहिँ बाल्यकालमा अपहरण गरी ल्याएर बेचिएका हुन्,’ ढाकास्थित वकिल तथा मानव अधिकारकर्मी सर्बन्ती हुदा भन्छिन्।

मेको शुरूतिर उनले १,३०० महिलाको परिवारलाई अत्यावश्क सामान उपलब्ध गराएकी थिइन्। प्राध्यापक स्यान्डर्सका अनुसार विश्वभरि यौनकर्मीहरूले सामना गर्नु परेको अर्को समस्या भनेको स्वास्थ्य सेवामा उनीहरूको कम पहुँच हो।

नाम नबताउने शर्तमा बंगलादेशकी एक यौनकर्मीले वेश्यालयहरू तत्काल खुलिहाले पनि यौन व्यवसाय फेरि तङ्ग्रिन लामो समय लाग्न सक्ने बताइन्। ‘हामीकहाँ आएमा सङ्क्रमण हुन सक्ने भनेर मानिसहरूमा डर छ। हामीलाई पनि डर छ। हामी पनि उनीहरूबाट सङ्क्रमित हुन सक्छौँ। सङ्क्रमित हुन सक्ने यो डर सधैँ भइरहने छ।’

श्रोतः बिबिसी

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM