कस्ता हुन्छन् अपरेशन गरी र नर्मल जन्मिएका बच्चाहरु ?

0

आमाको पेटबाट बाहिर आउने बित्तिकै बच्चाले माहौलसँग लड्न सुरु गर्दछ । बच्चाको जन्मका बेला आमाको योनी वा भजाइनाबाट तरल पदार्थ निस्कन्छ । जसमा यस्तो ब्याक्टेरिया हुन्छ, जसले बच्चामा रोगहरुसँग लड्ने क्षमता बढाउँछ । तर जुन बच्चा अपरेशनको माध्यमबाट पेटबाट निकालिन्छ, उनीहरुमा आमाबाट यो क्षमता हासिल हुँदैन । त्यसो भए के यस्ता बच्चामा रोगसँग लड्ने शक्ति बढाउनका लागि आमाको योनीबाट यो तरल पदार्थ निकालेर बच्चालाई लेप लगाइदिनु पर्ला ?

के भजाइनल सिडिङ्ग स्थायी उपाय हो ?
यद्यपि अहिले भजाइनल सिडिङ्गको चलन निकै बढेको छ। तर यो स्थायी उपाय होइन । भजाइनल पिसडिङ्गको उद्देश्य हो बच्चालाई त्यो सबै आवश्यक कुरा उपलव्ध गराउनु, जुन उसले जन्मजात प्राप्त गर्दैन । अर्थात बच्चालाई आमाबाट प्राप्त हुने तमाम राम्रा ब्याक्टेरिया उपलव्ध गराउनु, ताकि बच्चामा रोगसँग लड्ने क्षमता उत्पन्न हुन सकोस् । जन्मने समयमा बच्चा यो ब्याक्टेरियाको सम्पर्कमा रहनु अति जरुरी छ। यो ब्याक्टेरिया बच्चाका लागि कति जरुरी छ, यो जान्नका लागि बेलायतदेखि क्यानडासम्म धेरै शोध चलिरहेको छ।

यस्तै एउटा प्रयोग ब्रिटेनको बर्मिंगम युनिभर्सिटीमा गरियो । प्राकृतिक रुपमा योनीबाट निस्कने यो यो लिक्विड र भजाइनल सिडिङ्गबाट उत्पन्न गरिएको लिक्विडको तुलना गरियो। देखियो कि यो दुईमा धेरै फरक थियो । बच्चाको नर्मल डेलिभरीका बेला भजाइनाबाट निस्कने लिक्विडले बच्चामा कम्तीमा पनि एक वर्षसम्म रोगहरुसँग लड्ने शक्ति प्रदान गर्दछ । जबकि अपरेशनबाट जन्मेका बच्चामा यसको कमी रहने गर्दछ ।

नर्मल र सिजेरिउन डेलिभरी
सामान्य जन्मका बेला नवजात शिशुहरुको किटाणुहरुसँग सामाना त्यतिबेला हुन्छ, जब उ आमाको योनी र आन्द्रामा पाइने ब्याक्टेरियासँग भेट हुन्छ । यही सिजेरियन डेलिभरीबाट जन्मेका बच्चाको ब्याक्टेरियासँग पहिलो सामना छालामा पाइने ब्याक्टेरियासँग हुने गर्दछ । यो दुईमा निकै अन्तर हुन्छ । बर्मिघम युनिभर्सिटीका प्रोफेसरपिटर ब्रोकेलहर्स्टका अनुसार अपरेशनबाट जन्मेका बच्चामा स्वास प्रस्वाससम्बन्धी समस्या बढी चाँडै बढ्छ ।

यसका साथै यस्ता बच्चा कुनै पनि प्रकारको एलर्जीको शिकार पनि चाँडै हुने गर्दछन्। यसको कारण यो हो कि यसले ब्याक्टेरियासँग लड्न जुन शक्ति आमाको योनीमा पाइने ब्याक्टेरियाबाट प्राप्त हुन्छ, त्यो पाएको हुँदैन । कुनै पनि शरीरको बुनियादी कोशिकाहरु हुन्छ, र, कोशिकाहरु मिलेर बन्दछ जिनोम अर्थात जीन ।

यदि हामी मानिसको शरीरमा पाइने कोशिकाहरुको ब्याक्टेरिया, भाइरस र सिंगल सेलावाला जीवन आर्कियामा नबाँड्ने हो भने तब नतिजा आश्चर्यमा पार्ने खालको हुन सक्छ । कुनै पनि मानिसको शरीरमा मौजुद कुल कोशिकाहरुमा मात्र ४३ प्रतिशत मात्रै मानिसको आफ्नो सेल्स हुन्छ । बाँकी सेल्स वा कोशिकाहरु यस्तै एक कोशिकावाला जीवहरुको हुन्छ । यसम ाझ्याउदेखि ब्याक्टेरिया, भाइरस र आर्किया कोशिकाहरु समावेश छन्। मानिसको कुनै पनि कोशिकाहरुमा २० हजार जति जीनोम हुन्छ, जसबाट कुनै पनि मानिसको बनावट तय हुन्छ ।

यदि हामीले मानिसको शरीरमा पाइने ब्याक्टेरियाबिनाको जीनोमलाई जोड्ने हो भने तब हाम्रो शरीरमा करिब दुई करोड ससाना जीवहरुको जीन हुन्छ। यो कुनै पनि मानिसको दोस्रो जीनोम अर्थात बायोडाटा भनिन्छ । यसैबाट हाम्रो रोग जस्तै एलर्जी, मोटोपन, डिप्रेशन वा भूल्ने बानी र यहाँसम्म कि रोगमा औषधिको कति असर हुनेछ, यो पनि तय हुन्छ ।

मानिसको रोगसँग लड्ने शक्ति र किटाणुको पहिलो आमनासामना निकै महत्वपूर्ण हुन्छ । जब बच्चा आफ्नो आमाको योनीबाट बाहिर रहेको हुन्छ, तब पहिलोपटक उसको सामना आमाको योनी र खाने नलीको बाटोमा पाइने ब्याक्टेरियासँग हुन्छ । तब उसको रोगसँग लड्ने क्षमताको पहिलो परीक्षा हुन्छ । यो नयाँ जीव र किटाणुहरुबीच हुने पहिलो टकराव मात्र होइन, बरु यो दुवैबीचको संघर्षको गहिरो सम्बन्धको चिनो हो ।

माइक्रोबायोम बच्चाका लागि कति महत्वपूर्ण ?
युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर ग्राहम रुक भन्छन् कि यो माइक्रोबायोम बच्चाका लागि यसप्रकारको महत्वपूर्ण छ, किनभने यो बच्चाको शरीरलाई यो कुरा सिकाउने गर्दछ कि रोगहरुले आक्रमण गर्दा त्यसबाट कसरी बचाउ गर्नुपर्नेछ । माइक्रोब्स अर्थात किटाणु र भाइरस आदि, कयौ प्रकारका केमिकल छोड्दछ, जुन हाम्रो इम्युन सिस्टम अर्थात रोगसँग लड्ने शक्तिलाई सिंगो जीवनभरका लागि बलियो बनाउने गर्दछ ।

बच्चामा जन्म भएको पहिलो हप्ता वा महिनासम्म इम्युन सिस्टम तिब्रताका साथ बलियो हुन्छ । यदि यो समयमा बच्चालाई एन्टीबायोटिक बढी दिइयो भने तब त्यो माइक्रोबायोडाटालाई आफ्नो काममा अवरोध पुराउन सक्दछ, परिणामतः बच्चाको इम्युन सिस्टम कमजोर रहन्छ ।

त्यस्ता बच्चालाई रोगहरुले चाँडै समात्छ, त्यसैले बच्चालाई तन्दरुस्त राख्नका लागि नै आजभोलि भजाइनल सिडिङ्गको चलन बढिरहेको छ। बच्चाको इम्युन सिस्टम कति बलियो हुनेछ, यो यही कुरामा पनि निर्भर गर्दछ कि जन्मपछि बच्चालाई कसरी घरमा राख्ने गरिन्छ ।अध्ययनबाट सावित भएको छ कि जुन घरमा कुकुर पालिएको छ, त्यहाँ बच्चाहरुलाई स्वास फेर्न कम सकस हुन्छ ।

तर्क छ कि पाल्तु कुकुर घर बाहिर जान्छन् र आफ्नो खुट्टामा विभिन्न प्रकारका माटो ल्याउँछन्। यही माटो भरिएको खुट्टाका साथ कुकुर घरमा घुम्छ । यो माटोमा कयौ प्रकारका किटाणु, भाइरस र आर्किया हुन्छन् । यसले बच्चामा रोगसँग लड्ने क्षमतालाई बलियो बनाउने गर्दछ ।

राम्रो ब्याक्टेरियाको दुई किसिम आमरुपमा पाइन्छ । एउटा हो ओसिलोस्पिरा, जसको सम्बन्ध इम्युन सिस्टमको बलियोपनसँग छ । अर्को राम्रो ब्याक्टेरियाको नाम हो रुमिनोकोकस, जसले बच्चालाई कुनै प्रकारको एलर्जीसँग लड्ने शक्ति प्रदान गर्दछ ।

जब आमाले बच्चालाई दुध खुवाउँछिन् त्यतिबेला पनि धेरै प्रकारका ब्याक्टेरिया आमाबाट बच्चामा जान्छ । यसका लागि करिब ८० हजार बच्चाको दिसा परीक्षण गरिँदैछ । बेबी बायोम स्टडीको माध्यमबाट अध्ययनकर्ताहरु यो पत्ता लगाउने कोशिस गरिरहेका छन् कि कुन चाँहि किटाणु शरीरमा सबैभन्दा पहिला जोडिन्छ । र, समय बित्ने क्रममा त्यसको के काम रहन्छ ।

बाइफिडो ब्याक्टेरिया
अध्ययनकर्ताहरुका अनुसार बाइफिडोब्याक्टेरिया बच्चामा सबैभन्दा पहिला सफल हुन्छ । यो बच्चाको शरीरमा पहिलो दिनमै प्रवेश गर्दछ । मानिन्छ कि यो ब्याक्टेरिया आमाको दुधको चीन खान्छ । यो ब्याक्टेरिया आमाबाटै बच्चामा प्रवेश हुन्छ । संसारभरबाट जुन ८० हजार बच्चाको दिसा संकलन गरिँदैछ, त्यो क्याम्ब्रिजका वेलकम सैंगर इन्स्टिच्युटमा अध्ययन गरिनेछ ।

यसको ल्याबमा काम गर्ने वैज्ञानिक डाक्टरलाले यो पत्ता लगाउने कोशिसमा छन् कि नवजात शिशुमा कति प्रकारका ब्याक्टेरियाले आफ्नो घर बनाउँछन् । र, भविष्यमा जीवनमा यसको के असर हुन्छ ।

फेरि ल्याबमा यस्ता ब्याक्टेरिया तयार गरेर सिजेरियनबाट जन्मने बच्चाको शरीरमा हालिनेछ, ताकि रोगसँग लड्ने शक्ति हासिल गर्न सकुन् । यद्यपि नयाँ प्रकारको प्रविधिको सहयोगमा आमाबाट बच्चालाई प्राप्त किटाणु आर्टिफिशियल तरिकाबाट बच्चालाई दिन सकिन्छ ।

जुन बच्चाका लागि जरुरी छ। तर, यसका साथै रोगवाला किटानु पनि शरीरमा प्रवेश हुने खतरा कायमै रहन्छ । त्यसैले, अझै यो अध्ययनलाई दुई धारयुक्त तलवार नै भन्न सकिन्छ । जुन लाभदायीपनि हुन सक्छ र हानिकारक पनि ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्