Wednesday, September 11, 2024
घरसमाचारसुँगुरको मासुले दिमागमा जुका

सुँगुरको मासुले दिमागमा जुका

काठमाडौं, माघ १९

गेरार्दाे नामक अमेरिकीलाई फुट्लाजस्तो गरी टाउको दुखिरहन्थ्यो। बान्ता पनि भइरहन्थ्यो। दशकदेखि टाउको दुख्नुको कारण भने पत्ता लाग्न सकेको थिएन। अन्ततः मस्तिष्कमा टेपवर्म पसेकाले टाउको दुखेको पत्ता लागेको छ।

न्यजुडटकस्काइडटकमका अनुसार गेरार्दाेले १० वर्षअघि मेक्सिकोमा राम्ररी नपाकेको सुँगुरको मासु खाएका थिए। सोही मासुबाट उनको मस्तिष्कमा टेपवर्म पसेर अड्केको हाे, आज माघ १९ को नेपाल साप्ताहिकले यो खबर छापेको छ।

गत वर्ष फुटबल खेल्ने क्रममा मैदानमै बेहोस भएपछि उनको एमआरआई भयो।

अस्टिनको अयासेन्सन सेटनका न्युरोसर्जन जोर्डन एमाडीले गेरार्दाेको मस्तिष्कमा भएको टेपवर्म घटना बिरलै र असाधारण भएको टिप्पणी गर्छन्। शल्यक्रियापछि गरार्दाे स्वस्थ भएर काममा फर्किसकेका छन्।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -