श्रीमतीको १६ परपुरुषसँग याैन सम्बन्ध, श्रीमानले लिए यसरी बदला

0

हरारे ।

जिम्बाब्बेका एक व्यक्तिले आफ्नी श्रीमतीको अनैतिक चरित्रको यसरी पर्दाफास गरेका छन्, जसको चर्चा अहिले व्यापक रूपमा भइरहेको छ ।

एर्करिडाइस मकोमो र मुनशे चारलेन नेकुबको विवाह भएको चार वर्ष भइसक्यो । मकोमो पछिल्ला केही दिनदेखि आफ्नी पत्नीको व्यवहार परिवर्तन भएको महसुस गरिरहेका थिए । उनकी पत्नी पेट दुखेको भन्दै उनीसँग शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्दैै आएकी थिइन् ।

एक दिन उनले आफ्नी पत्नीको मोबाइल भेटे । पत्नीको फोन देखेपछि उनको होस उड्यो । पत्नीको व्हाटस्एप च्याट देखेर उनले आफ्नी पत्नीको १६ जनासँग यौन सम्बन्ध रहेको पत्ता लगाए ।

पत्नीको फोनमा अश्लील च्याट र तस्वीर देखेर उनी आफैंले आफूलाई मुश्किलले सम्हाले । उनले आफू कामको सिलसिलामा बाहिर गएको समयमा पत्नीले एक ब्वाइफ्रेन्डसँग तीन दिन बिताएको थाहा पाए ।

यो सबै देखेपछि उनले पत्नीलाई सबक सिकाउने निर्णय गरे । उनी आफ्नो कहानी लिएर प्रकाशन गृह गए । मकोमोले आफ्नो पूरा कहानी भने र अनलाइनमा विस्तृतमा छापिदिन आग्रह गरे ।

उनले भने, ‘पत्नीको १६ ब्वाइफ्रेन्डसँगको च्याट देख्दा मलाई सबैभन्दा ठूलो झट्का लागेको महसुस भयो । तीमध्ये केही व्हाट्सएपको हिडन फिचर्समा थिए ।’

उनले भने, ‘पत्नीलाई मसँग यौन सम्बन्ध राख्न अब मन लाग्न छाडिसकेको थियो । उनी कुनै न कुनै बहानामा यौन सम्बन्ध राख्न अस्वीकार गर्थिन् । जबकि ब्वाइफ्रेन्डसँग खुशी थिइन् ।’

रंगेहात समातिएपछि र मिडियामा जानुअघिसम्म मकोमाकी श्रीमतीले आफू निर्दोष भएको सफाइ पटकपटक दिइन् ।

श्रीमतीको हर्कतबाट दुःखी भएका मकोमोले आफ्नी पत्नी र १६ जना ब्वाइफ्रेन्डसँगको च्याट सञ्चारमाध्यमार्फत सार्वजनिक गरिदिए । उनले भने, ‘चार वर्षको वैवाहिक जीवनमा मैले पत्नीका लागि सबै कुरा त्यागें, जवाफमा मलाई यो धोका प्राप्त भयो ।’

यो समाचार छापिएपछि मकोमोकी श्रीमती र उनका ब्वाइफ्रेन्डलाई मुख देखाई नसक्नु भयो ।

रंगनाई फोरिची नामका एक ब्वाइफ्रेन्डले समाचार छाप्ने सञ्चारमाध्यमलाई आफूलाई नेकुब विवाहित भएकोबारे जानकारीसम्म नभएको बताए ।

यस्तै, तवान्ता नामका ब्वाइफ्रेन्डले नेकुब साथी मात्र भएको र साथीभन्दा बढी केही नरहेको दाबी गरे । अर्का एक ब्वाइफ्रेन्डले त यतिसम्म भने कि नेकुब उनकी नभएर उनकाे साथीकी गर्लफ्रेन्ड हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्