Friday, January 17, 2025
घरसमाचारसीमापारीआठ हजारको खाना खाएर दुई लाख २४ हजार टिप्स !

आठ हजारको खाना खाएर दुई लाख २४ हजार टिप्स !

हलिउडका चर्चित गायक तथा नायक डानी वालबर्गले नयाँ वर्ष यसरी मनाए कि उनको यतिबेला सबैले तारिफ गरिरहेका छन् ।

सामाजिक सञ्जालमा उनको उदारताको किस्सा भाइरल भइरहेको छ । उनले गरेको यो व्यवहार थाहा पाएर धेरै मानिस आश्चर्यमा समेत परेका छन् ।

डानीले एक रेस्टुरेन्टमा वेट्रेसलाई २ हजार २० डलर अर्थात् करिब २ लाख २४ हजार रुपैयाँ टिप्स दिए ।

यसबारे डानीकी पत्नी जेनीले सामाजिक सञ्जालमा जानकारी दिएकी हुन् । उनले एक फोटो शेयर गरेर मानवीय उदारताको उदाहरण दिएकी छन् ।

यो तस्वीर एउटा बिलको हो । जसमा डानीले ७८ अमेरिकी डलर अर्थात ८ हजार ९ सय ७० रुपैयाँको बिलमा २ हजार २० डलर टिप्स दिएका हुन् ।

नयाँ वर्षको अवसरमा डानी र उनकी पत्नी जेनी मिशिगनको एक चर्चित रेस्टुरेन्टमा खान पुगेका थिए । जसको बिलमा यो जोडीले वेट्रेसलाई ह्याप्पी न्यु इयर लेखेर सो टिप्स दिएको हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -