२०८२ असार २० गते, शुक्रबार ०६:१६

कालीमाटी प्रहरीलाई चिसो लाग्दा लुटेरा ग्याङ सक्रिय

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २२ पुस /  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख उत्तम राज सुवेदी, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले महानगर क्षेत्रभित्र शान्ति सुरक्षा सुदृढ रहेको जती भ्रम फैलाएपनि महानगर क्षेत्रमा लुटेरा ग्याङ्गले निर्वाध रुपमा लुटपाट आतंक मच्चाउन सक्रिय रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटी क्षेत्र अन्तर्गत रहेका ताहाचल क्षेत्रका विभिन्न गल्लीमा लुटेराहरु समूह बनाइ बटुवाहरुलाई लुट्ने मौकामा रह्ने तथा माौका पाएलगत्तै लुटपाट गर्ने गरेका घट्नाक्रमहरु बढ्न थालेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटी बाट दुई किलोमिटर मात्र र प्रहरी बिट ताहाचलबाट झण्डै ५०० मिटरकै दूरीमा रहेको गल्लीमा सँसाझै लुटेराहरु सक्रिय हुने र सो गल्लीबाट आवत जावत गर्ने बटुवाहरुलाई लुटपाट गर्न सक्रिय रहेको देखिएको छ ।

कालीमाटी तरकारी बजार पछाडी ताहाचल निस्किने गल्लीमा रहेको जनज्योती बोर्डिङ्ग स्कूल नजिकै मंगलबार साँझ ७ः४० को समयमा केही बाल लुटेराहरुको समूहले एकजना बटुवामाथि कुटपिट गरी साथमा रहेको मोबाइल र नगद लूटपाट गर्न थालेपछि गुहार-गुहार भनेर चिच्याउँदा स्थानीय बासीहरु बाहिर निस्किएपछि लुटेराको ग्याङ्ग फरार भएको पीडितले बताए ।

पीडितका अनुसार १२देखि १४ वर्ष मुनि उमेर समूहका झण्डै ८/१० जना बालकहरुको समूहले कुटपिट गर्दै मोबाइल र नगद लुट्ने प्रयास गरेका थिए ।

सो क्षेत्रका प्रहरीहरु चिसोको समयमा शिथिल भएपछि कार्यालय, व्यापारिक प्रतिष्ठान इत्यादी बन्द गरेर घर फर्किनेहरुलाई लूटपाट गर्ने गिरोह सक्रिय भएर परिचालित भएका हुन् ।
घटनाबारे प्रहरी बिट ताहाचललाई जानकारी गराउँदा त्यहाँका प्रहरीले त्यस्तो घटना आफूहरुले बारम्बार सुनेपनि कसैले रिपोर्ट गर्न नआएपनि अबदेखि आफूहरु सक्रियतापूर्वक गस्ती इत्यादी गर्ने  बताए ।

टंकेश्वरस्थित सामुदायिक विद्यालयका ७ कक्षादेखि ८ सम्मका विद्यार्थीहरुले ग्याङ्ग बनाएर लुटपाटमा सक्रिय भएको स्थानीयहरु बताउँछन् ।

महिला, बालबालिका, युवायुवतीहरु यस किसिमका घटनाबाट निकै त्रसित र भयभित भएका छन् ।
प्रहरीको शान्ति सुरक्षा नारामा मात्र सिमित हुँदा लुटेरा ग्याङ्ग सक्रिय भएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM