Saturday, January 11, 2025
घरसमाचारगणतन्त्रलाई झट्काः पृथ्वी जयन्ती संयुक्त रुपमा मनाउने राष्ट्रवादी संगठनहरुको तयारी

गणतन्त्रलाई झट्काः पृथ्वी जयन्ती संयुक्त रुपमा मनाउने राष्ट्रवादी संगठनहरुको तयारी

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २१ पुस । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले सार्वजनिक विदा नदिएपनि विभिन्न राष्ट्रवदी संघ संगठनले यस वर्ष संयुक्त रुपमा मनाउने तयारी गरेका छन् ।

राष्ट्रिय सरोकार मंचका केन्द्रिय अध्यक्ष एवं कर्मनिष्ठ अभियन्ता सोम विक्रम सिंहले चन्द्रसूर्य वाणीलाई दिनु भएको जानकारी अनुसार पुस २७ गते परेको २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा एकसाथ मनाउन विभिन्न राष्ट्रवादी संघसंगठन एक भएका छन् ।

राष्ट्रिय शक्ति नेपालको पहलमा नेपाली काँग्रेस (बि.पि.), विश्व हिन्दू महासंघ, राष्ट्रिय सरोकार मंच नेपाल, बहादुर शाह प्रतिष्ठान तथा नेपाल कम्युनिष्ट समानान्तर लगायतका विभिन्न संघसंगठनले २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य एवं हर्षोल्लासका साथ एउटै मञ्चबाट मनाउने तयारी गरेका छन् ।

संयुक्त ब्यानर सहित पौष २७ गते ११ बजे रत्नपार्कमा भेला तथा कोणसभाको आयोजना गरी सिंहदरबार अगाडी रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकसम्म पदयात्रा गर्ने तथा राष्ट्रनिर्माताको शालिकमा पुष्पमाल्यार्पणसहितको श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको सरोकार मंचका केन्द्रिय अध्यक्ष सिंहले चन्द्रसूर्य वाणीलाई बताए ।

सरकारले राष्ट्रिय विदा घाेषणा नगरे पनि राष्ट्रवाद तथा देशभक्तिका पक्षधरहरू एकै मंचमा रहनुले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय अखण्डा, सार्वभाैमिकता तथा राष्ट्रिय स्वाधीनताकाे कदहरु संरक्षण र सम्वर्ध्दनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

एकता नै वल हाे जुटाै आफ्नाे देश र राष्ट्रिय एकता भन्दा ठूलाे केही छैन । भन्ने सन्देशका साथ राष्ट्रनिर्माता श्री ५ बडा महाराज पृथ्वी नारायण शाहले दिनु भएको सन्देशलाई राष्ट्रवादी शक्तिहरुले एक भएर साकार पार्न लागेकोमा थप राष्ट्रवादी आन्दोलनलाई थप उर्जाशील बनाइएको विश्वास लिन सकिन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -