Thursday, July 25, 2024
घरविचारइतिहासपञ्चवर्षे गढीमाई मेलाः सरकारी उदासिनता र बलिप्रथाको विरोध

पञ्चवर्षे गढीमाई मेलाः सरकारी उदासिनता र बलिप्रथाको विरोध

–सन्तोष कुमार मिश्र

नेपालको बारा जिल्लाको सदरमुकाम कलैयाबाट पूर्व नजिकै महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित गढीमाई प्रसिद्ध सिद्ध शक्तिपीठ हुन् । प्रत्येक पाँच वर्षमा गढीमाईमा अभूतपूर्व मेला लाग्दछ । गढीमाईलाई लाखौं लाख पशुबलि चढाईन्छ । गढीमाई मेलाको पशुबलि नेपाल, भारतमा मात्र नभएर विश्वमै प्रसिद्ध र चर्चित छ । आगामी मार्ग शुल्क पक्ष सप्तमी र अष्टमी अर्थात् मंसिर १७ र १८ गते मेलाको मूख्य दिन गढीमाईमा २५ हजारभन्दा बढी रांगा, २ लाख भन्दा बढी बोकाको बलि चढाइने र नेपाल, भारत र संसारकै गरी झण्डै पाँच लाख नरनारीले मेला भर्ने अनुमान छ ।

एक महिनाको गढीमाई मेला अवधिमा झण्डै आधा करोड मानिसले गढीमाई मेलामा पुगेर मनोकामना पूरा गर्ने भगवतीको दर्शन गर्ने छन् । तीनलाख भन्दा बढी कुखुरा, हाँस, भेंडा, बोका बलि चढाईने छ । २५ हजारजति परेवा घर-घरबाट ल्याएर गढीमाई स्थलमा उडाइने छ । गढीमाई मेलाको गरिमा अघिल्लो वर्षको तुलनामा निकै बढेको छ । सरकारी र निजी क्षेत्रबाट गढिमाई मेलाको व्यापक प्रचार प्रसार हुन सकेको छैन ।

मेलालाई भव्यतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी युद्धस्तरमा भएपनि मेला शुरु भएको दोश्रो हप्तासम्मा पनि पूर्ण व्यव्थित हुन सकेको छैन । तथापि मेला स्थल एकदमै सुरक्षित रहेको सुरक्षा अंगले दाबी गरेको छ । स्थानीय प्रशासनद्वारा दर्शनार्थीहरूकालागि आवश्यक खाने, बस्ने, सुतने, घुम्ने, शौचालय, खानेपानी, पार्कि· र बजारको उचित प्रबन्ध गरिंदै छ । व्यापारीहरूकालागि गढीमाई मेला पैसा कमाउने राम्रो अवसर हो । गढीमाई मन्दिरको वरिपरी टाढा टाढा सम्मको धान खेतमा पाल टांगिएका छन् । गढीमाई मेलामा धर्म, मनोरञ्जन, नयाँ-नयाँ दृश्यको अवलोकन गर्न पाइन्छ ।

सत्य र असल कुरा मन पराउने इमान्दार भक्तहरूलाई गढीमाईले सदैव साथ दिनुहुन्छ । अन्याय, अत्याचार र असत्य विरुद्ध लड्ने भक्तजनहरूलाई गढीमाईले शक्ति दिनुहुन्छ । गढीमाईको महिमा कसैले घटाएर घटाउन सक्दैन । गढीमाईका सच्चा भक्तजनहरूलाई कसैले रोकेर रोक्न र कसैले भय, भ्रममा पार्न सक्दैनन् । गढीमाईको प्रताप र शक्तिले सहज एवं स्वस्फूर्त रुपमा पाँच वर्षीय मेलामा थामिनसक्नुको असंख्य व्यक्तिहरूको असामान्य र असाधारण भीड लाग्न जान्छ । गढीमाई सधैं आफ्ना भक्तजनहरू खुशी र सुखी होउन भन्ने चाहनु हुन्छ । गढीमाई मेलाको मूख्य दिनको विशेष पूजा र बलि चढाउने मूख्य क्षणमा मेला स्थलमा उपस्थित लाखौं लाख नरनारीको अचानक मौन ध्यन केन्द्रित हुन जान्छ । गढीमाइको स्थानरहेको ठाउँमा आफैं दीप प्रज्वलित हुन्छ । त्यो क्षण अति चमत्कारिक र रोचक हुन्छ । त्यतिखेर आंकलन गर्न सकिन्छ गढीमाईमा अभूतपूर्व शक्ति छ भन्ने कुरा । पूजारीले बलि शुरु भएको घोषणा गरेपछि अपार ढंगले काटमार र बलि चढाइन्छ । भक्तजनहरू अति प्रशन्न रहन्छन् । गढीमाईको भक्तिमा एकाग्र हुन्छन् । बलिकालागि तयार पारिएका पशुहरू पनि अदम्य साहसका साथ स्थिर र प्रशन्न रहन्छन् ।

अष्टाङ्ग ह्दयमा भनिएको छ, “सबै प्राणीले आफ्नो जीवनमा सुख प्राप्त गर्ने उपायमा एकाग्रतापूर्वक लागिरहनु पर्दछ र त्यो सुख धर्मबाट मात्र प्राप्त हुन सक्दछ । यसैले सधैं धार्मिक आचरणमा तत्परतापूर्वक लागिरहनु पर्दछ । मनुष्यले आफ्नालागि धर्म, समाजकालागि धर्म र प्रकृतिकालागि धर्म गर्नु पर्दछ । समय अनुसार धर्ममा गुणत्मक परिवर्तन आउँछ । धर्म सृष्टिको आधार स्वरुपी तत्व भएकाले धर्मको कमिले पर्यावरणमा गुणात्मक कमिको कारण बन्दछ । अधर्म नै पर्यावरण प्रदूषणको मूख्य कारण हो । प्रकृतिको नियमहरूको पालना गर्नु, त्यसको नियमहरूमा अवरोध नपुर्‍याउनु र त्यसलाई सर्वोपयोगी बनाउने उपायमा लाग्नु प्रकृतिकालागि गरिने धर्म हो ।

बलिप्रथा प्रकृति र धर्मसँग गाँसिएको छ । धर्म पालनामा ह्रास आएपछि पंचमहाभूतहरूको गुणमा पनि ह्रास आउँछ । जसको परिणाम असन्तुलन र विकार उत्पन्न हुन्छ । बलिप्रथा पशुहरूको जीवनको मोक्ष र मुक्तिकालागि गरिन्छ । पशुबलि नगरिने हो, दिनहुू पशु नकाटिने हो भने यो संसारलाई पशुले ढाक्ने छन् । त्यतिखेर मानिस कहाँ बस्नेछन् ? कसरी बाँच्ने छन् ? कल्पना गरौं । जीवन र भोग प्रदान गर्ने सृष्टिको तत्व अथवा भाव नै देवी देवता हुन् । पशुभोग, पशुवलि देवी देवतालाई गरिन्छ र प्रसादका रुपमा बलि चढाइएको मासु मानिसहरूले भोजन गर्दछन् ।

सनातन हिन्दू धर्म अथवा मानव धर्मको अंशमा कमि आइरहेका कारण विस्तारै विस्तारै यो संसारको विनाश हुँदै गइरहेको छ । मनुष्य र प्रकृति एक अर्काका परिपूरक हुन् । ठूला–ठूला यज्ञमा मनुष्यले आफ्नो इच्छा र मनोकामना अनुसारको भोग लगाउने छ । अश्वमेघ यज्ञ जस्ता ठूला यज्ञ ऋषि मुनिका पालामा निरर्थक रुप्मा भएका होइनन् ।

तत्वज्ञानी ऋषि महर्षिहरूले जानीबुझिकन यज्ञ गरेका हुन् । देवी देवताहरूलाई खुशी पार्नकैलागि भोग अथवा बलि दिने चलन चलेको हो । यो चलन मासिनु भनेको मनुष्य आफैं मासिनु हो । बलिप्रथामा व्यापकता, वैज्ञानिकता, व्यवहारिकता, सामाजिकता र न्यायोचित छ ।

वर्तमान युग उपभोक्तावादी र अवसरवादी युग हो । कर्तव्य पालनाबाट प्रत्येक मनुष्य विचलित भएकै कारण समाजमा भ्रष्टाचार, अशान्ति, अभाव, दु:ख, दरिद्रता उत्पन्न भएको हो । भगवानलाई बलि चढाउँदा सन्तुष्टीको अनुभूति गर्दछ । यस तनावपूर्ण समयमा सन्तुष्टि पाउनु निकै कठिन छ । अहिंसा, शान्ति र समता निश्चित रुपमा वर्तमान युगमा मानिसहरूले खोजिरहेका छन् । वुद्ध धर्म, इशाइ धर्म, हिन्दू धर्ममा हिंसाको विरोध गरिएको छ । वुद्ध धर्ममा पनि मानवले शान्ति पाउन ईश्वरलाई निर्दोष पशुबलि चढाएर वा ईश्वरसँग याचना गरेर पाइन्छ भन्ने विश्वास राख्ने होइन भनिएको छ । हिन्दू धर्ममा पनि हिंसाको विरोध भएतापनि पशुबलि हिन्दू धर्मको एउटा अंग नै बनेको छ ।

प्रत्येक चाड, पर्व, मेलामा देवीदेवतालाई पशुबलि चढाइन्छ । बलिप्रथा शुरु देखि नै विवेकपूर्ण विचारका रुपमा उदय भएको हो । पंचबलिमा रांगा, बोका, भेंडा, कुखुरा र हाँस चढाइन्छ । सुंगुरको पनि बलि चढाइन्छ । नेपालका सबै नेपाली बलिप्रथामा आवद्ध छन् । बलिप्रथाको विरोध गर्ने अनि मासु खाने कस्तो द्वैध चरित्र ? नेपालका सबै शक्तिपीठ देवी देउतामा बलि चढाइन्छ । बलि नचढाइने मन्दिर र भगवान पनि नेपालमै छन् । बलिप्रथा परम्परादेखि चल्दै आएकाले यो प्रचलित चलनलाई रोक्न सजिलैसँग सकिंदैन । कुनै पनि प्रथा मान्ने वा नमान्ने भन्ने कुरा व्यक्तिको रोजाई हो । नेपाललाई हिन्दू सापेक्ष राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र घोषित गरेपछि बलिप्रथा विरोधीहरूले प्रोत्साहन, संरक्षण पाएका छन् ।

विश्वको एक मात्र हिन्दू राष्ट्र रहेको नेपाल २०६३ सालपछि धर्म निरपेक्ष राष्ट्र घोषणा भई अन्तरिम संविधानमा उल्लेख भएपछि दिन गुनी रात चौगुनीले हिन्दू धर्मावलम्बी र वौद्ध धर्मावलम्बी क्रिश्चियन धर्ममा परिवर्तन भइरहेका छन् । २०६३ सालअघि नेपालमा क्रिश्चियनहरू औंलामा गन्न सकिन्थ्यो तर २०७२ को संविधान जारी भए यता अहिले नेपालमा क्रिश्चियनहरूको संख्या ५० लाख नाघेको अनुमान छ ।

पशुबलि परापूर्वकालदेखि चल्दै आएको सुप्रथा हो, कुप्रथा होइन । यो अन्धविश्वास पनि होइन । बलि प्रथाको विरोध, निन्दा, घृणा गर्नेहरू अधर्मी हुन् । गढीमाईमा हुँदै आएको बलि प्रथाको विरोध गर्नेहरू हिन्दूवादी पशुबलिका हिमायतिहरूका शत्रु हुन् । शत्रुहरूलाई बलि प्रथाको विरोध नगर्न कडा शब्दमा बेलैमा चेतावनी दिनु पर्दछ । हिन्दूहरूले कसैसँग बदला, प्रतिशोध लिंदैनन् । किनभने ऊ मानवतावादी र धार्मिक सहिष्णुतावादी हो । आफ्नो, धर्म, संस्कृति, परम्परा, प्रथा, रीतिरिवाजको संरक्षण, संवर्द्धन गर्ने अधिकार सबैलाई छ । गढीमाई बलिप्रथा विरोधीहरूसँग सदैव रिसाउनुहुन्छ । बलिप्रथा विरोधीहरू निष्कपटी छैनन् । हिन्दूवादीहरूकालागि बलिप्रथा स्वीकार्य छ । हिन्दूहरूलाई रिस उठाउने काम अन्य धर्मावलम्बीहरूले कदापि गर्नु हुँदैन । रिसबाट द्वन्द्व उत्पन्न हुन्छ । द्वन्द्वबाट घिनलाग्दा कार्यहरू जन्मिन्छन् । बलिप्रथा विरोधीहरूले यतिखेर विचार र विवेक नै नपुर्‍याई गरेको व्यवहारले गढीमाईका भक्तजनहरूको मुटु घोचिरहेको छ । कसैको पनि अनावश्यक चित्त दुखाउने काम कसैले पनि गर्नु हुँदैन । गढीमाई मेलामा सरिक हुनेहरू जति सकारात्मक दृष्टिकोणका हुन्छन् । बलिप्रथा विरोधीहरूको दुष्प्रयासले राम्रो परिणाम अवश्यक ल्याउने छैन, बरु धार्मिक द्वन्द्वको आगोमा घ्यू थप्न ठूलो मद्दत गर्नेछ । गढीमाईले आफ्ना भक्तजनहरूलाई सधैं भन्ने गर्नुहुन्छ,”नडराउ, किनकी म तिमीहरूसीत हरबखत छु ।”

अघिल्लो मेलादेखि एक्कासी गढीमाई मेलामा बलिप्रथाको विरोध र विवादको समस्या थपिएको हो । यो विरोध पूर्ण प्रायोजित हो भन्दा अतिशयोक्ति नहोला । बलिप्रथालाई रोक लगाउन, युरोपेली महासंघ र क्रिश्चियन धर्मावलम्बीहरूले ठूलो धन, श्रम र समय खर्च गरिरहेका छन् । समय र अवसरले बलिप्रथा विरोधीहरूलाई साथ दिने छैन । युरोपेली युनियनले गढीमाई मेलामा बलि रोक्न गरेको आग्रह नै पूर्वाग्रह हो भन्दै पत्रकार बिम्मी शर्माले आफ्नो फेसबुक पेजमा यसरी आक्रोश पोख्दै लेख्नुहुन्छ, “आफ्नो देशमा नरसंहार हतियार उत्पादन गरेर संसारभर निर्दोष मानिसहरूको बलि दिने बेलामा लाज नलाग्ने अहिले नेपालजस्तो सानो देशमा चल्दै आएको बलि प्रथा रोक्नलाई यति ठूलो बितण्डा मच्चाएको ?” काग कराउँदैछ, पिनो सुक्दैछ भनेझैं युरोपेली महासंघले अनुचित दबाव दिदैंमा गढीमाईमा बलि चढाउन रोकिंदैन ।

प्रतिकृयाकोलागि
crimecheckweekly@gmail.com

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -