छैठौं शुभारम्भ सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिताको फाईनलमा बिजयचोक बिजयी

0
521

स्वर्ण बिक्रम शाह
शुभारम्भ युथ क्लब द्वारा आयोजित शुभारम्भ 7 ए साईड खुल्ला फुटबल प्रतियोगितामा हिजो फाईनल खेल सम्पन्न भयो ।

फाईनलको खेलमा तारा फुटबल क्लब र बिजयचोक युथ क्लब भिडेका थिए । उक्त फाईनल खेलमा काठमाडौं प्रदेश नं ३ सामसध श्री राजेन्द्र गुरुङ्ग, गणेश दुलाल, वडा नं ३१ सदस्य सरोज ढकाल, वडा नं ९ सदस्य श्रीराम राई, किङ्गकम स्पोर्टस क्लबका अध्यक्ष राजेश गुरुङ्ग, मिरमिरे युबा क्लबका अध्यक्ष दिनेश बिक्रम शाह अतिथीको रुपमा थिए ।

हिजोको सो फाईनल खेल निक्कै प्रतिसप्रधात्मक भएको थियो । उक्त फाईनलमा बिजयचोकले पहिलो हाफमा नै २-० ले अगाडि बड्न सफल भएका थिए भने उक्त स्कोर नै हिजोको छैंटौ शुभारम्भ सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिताको अन्तिम स्कोर भई बिजयचोक युथ क्लबले साच्चिकै नाम अनुसार खेलमा बिजय भई बिजयी कप हात पार्यो ।

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here