शुभारम्भ 7 ए साईड खुल्ला फुटबल प्रतियोगिताः तारा फुटबल क्लब र बिजयचोक युथ क्लब फाईनलमा

0
372

स्वर्ण बिक्रम शाह
शुभारम्भ युथ क्लब द्वारा आयोजित शुभारम्भ 7 ए साईड खुल्ला फुटबल प्रतियोगितामा हिजो सेमिफाईनल खेल सम्पन्न भयो । सेमिफाईनलको खेलमा शुरुमा तारा फुटबल क्लब र पंचकुमारी आर आई बिच भएको थियो । सो खेलमा तारा क्लबले पंचकुमारी लाई २-१ ले पराजित गरि फाईनलमा प्रबेश गर्यो ।

त्यसरी नै हिजो भएको दोश्रो सेमिफाईनलमा आहवान युवा समाज र बिजयचोक युथ क्लबका बिच भयो । उक्त खेलमा बिजयचोक युथ क्लबले आहवान युवा समाजलाई ० का बिरुध्द १ गोल प्रहार गरि फाईनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।
अब फाईनल खेल १८ गते शनिबार तारा फुटबल क्लब र बिजयचोक युथ क्लब बिच हुनेछ ।

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here