छौंठौं शुभारम्भ ७ ए साईड कपमा आहवान युवा संजाल सेमिफाईनलमा प्रवेश

0

स्वर्ण बिक्रम शाह
शुभारम्भ युथ क्लब द्वारा आयोजित शुभारम्भ 7 ए साईड खुल्ला फुटबल प्रतियोगिता हिजो ३ खेल भएको थियो । शुरुमा ए टु जेड र आहवान युवा समाज बिच भएको खेलमा २-२ गोल भई बराबरीमा टुङ्गिय पछि खेल पेनाल्टि शुट आउटमा गएको थियो । सो पेनाल्टि शुटआउटमा पनि बराबरी भए पछि खेल सडन देथमा गएको थियो । सडन डेथमा पेनाल्टि शुटआउटमा आहवान युवाले ए टु जेडलाई ६ का बिरुद्ध ७ गोल हानि बिजयी भए । यस जितका साथै आहवान युवा संजाल सेमिफाईनलमा प्रवेश गर्यो ।

त्यसैगरि हिजै भएको दोश्रो खेल सा सा टिम र पंन्चकुमारी टिम बिच भएको थियो । उक्त खेलमा पन्चकुमारीले सा सालाई २ का बिरुध्दमा ३ गोल प्रहार गरि फेमिफाईनलमा प्रबेस गरे ।

यसरी नै तेश्रो खेल किङ्गकम स्पोर्टस क्लब ए र बिजयचोक युथ क्लबका बिच भयो । उक्त खेलमा सुरुवात मै किङ्गकम स्पोर्टस क्लबका बिकाश राईले खेल सुरु भएको ५ मिनट मै गोल गरेका थिय भने त्यसको २ मिनट पछि किङ्गकमका अर्का खेलाडि विशेष राईले अर्को गोल गरि टिमलाई २-० ले अगाडि बढायका थिए तर त्यस पछि बिपक्षि टिम बिजयचोकले लगातार ३ गोल प्रहार गरि बिजय प्राप्त गरेर सेमिफाईनलमा प्रवेश गर्यो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्