Thursday, July 18, 2024
घरसमाचारखेलकूदलिग चरणको अन्तिम खेलमा आयोजक क्लब किङ्गकम स्पोर्टस क्लब बिजयी

लिग चरणको अन्तिम खेलमा आयोजक क्लब किङ्गकम स्पोर्टस क्लब बिजयी

स्वर्णविक्रम शाह
वीरगंज, ०९ असोज
किङ्गकम स्पोर्टस द्वारा आयोजित तेश्रो कि्ङ्गकम भेटेरान फुटबल प्रतियोगितामा आज दुई खेल भयो । एउटा प्रथम चरण अन्तरको लिग खेलको अन्तिम खेल र अर्को सेमी फाईनलको पहिलो खेल ।

दिउँसो २ बजे देखि शुरु भएको आजको पहिलो खेल लिग चरणको अन्तिम खेलमा आयोजक क्लब किङ्गकम स्पोर्टस क्लब ए ले काठमाण्डौ क्लबलाई १ को बिरुध्द ३ गोलक‍ो बिशाल अंतरले हराउन सफल भएको छ । यश खेलमा आयोजक टिमको तर्फबाट जगत लामा, उज्वल श्रेष्ठ र राजेश गुरुङ्गले क्रमस १/१ गोल प्रहार गरे भने बिपक्षि टिमको तर्फबाट तासी छिरीङ्गले मात्र १ गोल फर्काऊन सफल भए ।

त्यसै गरि आजै ४ बजे भएको दोश्रो खेल अर्थात पहिलो सेमि फाईनल खेल सामाकोसी एफ सी र फ्रिडम एफ सीका बिच भएको थियो । यस खेलमा दुबै टिमका तर्फबाट २-२ गोल भई खेल बराबरीमा टुङ्गीय पछि पेनाल्टि सुटआउटबाट खेलको निर्णय गरिएको थियो ।

तर यस खेलमा प्रोटेस परे पछि यसको निर्णय सार्बजानिक गरियको छैन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -