आयोजक किङ्गकम स्पोर्टस क्लब ए १–० ले पराजित

0

स्वर्ण बिक्रम शाह/
काठमाण्डौ, ७ असोज/
कि·कम स्पोर्टस क्लबद्वारा आयोजित तेश्रो किङ्गकम भेटेरान फुटबल प्रतियोगिताको आज भएको पहिलो प्रतिसप्रतात्मक खेलमा आयोजक किङ्गकम स्पोर्टस क्लब ए सामाकोसी एफ सिसँग १–० ले पराजित भयो ।

उक्त खेलमा दुई एल्लो कार्डको प्रयोग भयो । एऊटा आयोजक टिमका बिजय बिक्रम शाहले पाए भने अर्को सामाखुसीको सल्यान खड्किले पाएका थिए ।

त्यसै गरि आजै भएको दोश्रो खेल थापनगाऊँ सुधार समिती र बिजयचोक स्पोर्टस क्लब बिच भएको थियो । उक्त खेलमा थापा गाँऊ सुधार समितीले बिजयचोकलाई ४–२ को गोल अन्तरले बिजय हासिल गर्यो । यस खेलमा पनि शशी थापाले एल्लो कार्ड पाएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्