Thursday, July 25, 2024
घरसमाचारखेलकूदनारायण पाण्डेको आकर्षक ग‍ोलले आयोजक टिमको शानदार जीत

नारायण पाण्डेको आकर्षक ग‍ोलले आयोजक टिमको शानदार जीत

स्वर्णविक्रम शाह
किङ्गकम स्पोर्टस क्लबद्वारा आयोजित तेश्रो कि्ङ्गकम भेटेरान फुटबल प्रतियोगिताको आइतवार तेश्रो दिन भएको
पहिलो प्रतिसप्रतात्मक खेलमा आयोजक किङ्गकम स्पोर्टस क्लब ए ले डिल्लिबजार भेटरान्सलाई १ का बिरुध्द २ गोलले बिजय हासिल गरेको छ ।

दिउँसो २ बजे देखि शुरु भएको उक्त खेलमा आयोजक टिमका पंकज लामिछानेले आफ्नो राम्रो खेल प्रदर्शन गर्दै खेल शुरु भएको आठौ मिनटमा पहिलो गोल गरेका थिए ।

सुरु मै गोल खाएका डिल्लिबजार भेटरान्सले दबाबको स्थितिमा समेत सम्हालिदै डिल्लीराम श्रेष्ठले आयोजक टिमलाई १ गोल फर्काएर बराबरिमा लेरायका थिए र दोश्रो हाप खेलमा निक्कै प्रतिस्प्रधात्मक भई रहेको बेलामा आयोजक टिमको तर्फबाट नारायण बिक्रम पाँडेले आफ्नो कौसल खेलमा देखाउदै ४ मिनट बाँकि रहदा सानदार गोल प्रहार गर्न सफल भए । आयोजक टिमको नारायण बिक्रम पाँडेको ऊक्त गोल नै आजको सो खेलको निर्णायक गोल हुन गय‍ो र आयोजक टिम किङ्गकम स्पोर्टस क्लब बिजयी भयो ।


त्यसै गरि आजै भएको दोश्रो खेलमा क्रितिपुर भेटरान्सले राम्रो खेल प्रदर्शन गर्दै आगन्तुक टिम सिमरा भेटरान्सलाई ० का बिरुद्ध ४ गोलले पराजित गर्यो । यस खेललाई बर्षाले पनि प्रभावित पारेकोले खेलाडिहरु हिले ग्राउण्डमा खेल्न बाध्य भएका थिए ।

त्यसै गरि आजको पहिलो खेलको मुख्य अथिती किङ्गकम स्पोर्टस क्लबका आजिवन सदस्य तथा समाज सेवी श्याम राना मगर हुनु हुन्थ्यो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -