२०८२ माघ १२ गते, सोमबार १९:२३

राष्ट्रपतिलाई कालो झण्डा देखाउने राष्ट्रवादी अभियन्ताहरू रिहा, अभियान जारी रहनेः अनिल बस्नेत

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, ५ असोज/
इन्द्रजात्रामा सहभागि हुन आउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेतसहितका राष्ट्रवादी अभियन्ताहरू रिहा भएका छन् ।

पक्राउ परेका १० जनासँग जनही पाँच सय रुपैयाँ धरौटी लिई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आइतवार रिहा गरेको शिव सेना नेपालले जनाएको छ ।

प्रहरीले अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर उनीहरुलाई हिरासतमा राखेको थियो । इन्द्रजात्रामा बसन्तपुर आउन लागेकी राष्ट्रपतिबिरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि देशभरका हिन्दूवादी राष्ट्रवादी संघसंगठनले शान्तिपूर्ण विरोध प्रदर्शन गरी विना शर्त रिहाइकालागि आवाज उठाइरहेका थिए ।

पक्राउ पर्नेमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’, रवीन्द्र कार्की ‘डब्बु’, मानव सेवक, रघुराज राजभण्डारी हरिनारायण साहलगायत थिए ।

रिहा भएलगत्तै शिव सेना बस्नेतले राष्ट्रियता, धर्म र जनताको हितकालागि गरिने आन्दोलनमा राज्यपक्षबाट गरिएको गिरफ्तारीले आफूहरूलाई थप हौसला र बल मिलेको भन्दै आगामी दिनमा पनि आफूहरूको राष्ट्रिय हितसम्बन्धी अभियान जारी रहने दाबी गरे ।

फोटो श्रोतः मणिराज सत्याल, वर्षा शाह

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d rajamania beb88 sritoto
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM