Sunday, July 21, 2024
घरसमाचारखेलकूदतेश्रो किङ्गकम भेटेरान कप फुटवल प्रतियोगिता आरम्भ ! दुई दिनको तीन खेलमा...

तेश्रो किङ्गकम भेटेरान कप फुटवल प्रतियोगिता आरम्भ ! दुई दिनको तीन खेलमा को–को भए विजयी ?

स्वर्णबिक्रम शाह/
काठमाण्डौ, ४ असोज/
वृहद रक्तदान कार्यक्रमबाट सुरु भएको किङ्गकम स्पोर्टस क्लवको तेश्रो भेटेरान फुटबल प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्नु भएको छ ।

उक्त किङ्गकम स्पोर्टसद्वारा आयोजित तेश्रो किङ्गकम भेटेरान फुटबल प्रतियोगिताको आज उद्घाटनको दिन भएको खेलमा काठमाण्डौ खेलकुद समाजले किर्तिपुर भेटेरान क्लबलाई २ को विरुद्ध ३ गोल प्रहार गरि बिजय हासिल गरेका छन् ।
सो प्रतियोगिताको दोश्रो दिन शनिवार दुई खेल भएको छ । दिउँसो २ बजे देखि शुरु भएको दोश्रो दिनको पहिलो खेलमा बौद्ध टुसाल भेटरान्सले आफ्नो विपक्षी टिम आयोजक क्लब कि·कम स्पोर्टस क्लबलाई १ को विरुद्ध ४ गोलको विशाल अंतरले हराउन सफल भएको छ ।

त्यसै गरि शनिवार नै भएको दोश्रो खेलमा थापागाऊँ सुधार समितिले राम्रो खेल प्रदर्शन गर्दै फ्रिडम एफ सिलाई १ का बिरुद्ध ३ गोलले पराजित गर्यो । यस खेलमा निक्कै राम्रो खेल प्रदर्शन गरेका थापागाऊँ सुधार समितिको हरिहर थापा म्यान अफ द म्याच घोषित हुनु भयो ।

आजको खेलको मुख्य अथिति कमल नेत्र छुन्ना मुन्ना स्कुलका प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई ज्यु हुनु हुन्थ्यो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -