Sunday, July 21, 2024
घरसमाचारघाँटी रेटिएको अवस्थामा फेला परेको शवको पहिचान

घाँटी रेटिएको अवस्थामा फेला परेको शवको पहिचान

वीरगंज, १ आश्विन । 
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ हांसवामा घाँटी रेटिएको अवस्थामा मंगलबार फेला परेको शवको आज सनाख्त भएको छ । फेला परेको शव भारत विहार पश्चिमी चम्पारण सिकटाको वडा नं. १० निवासी २७ बर्षिय संदिप कुमार केशरीको रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

हांसवास्थित पुल नजिकै खाल्डोमा फेला परेको शवको बुधबार विहान १० बजे पहिचान भएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए । मंगलबार विहान ११ बजे व्यवारीसे अवस्थामा स्थानियहरु शवलाई देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटना स्थलमा पुगी शवको मुचुलका उठाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो ।

अहिले पनि शव नारायणी अस्पतालमा नै रहेको र इलाका प्रहरी कार्यालय पोखरियाले मृतकका बुआ, आमा सहितको आफन्तलाई आफ्नो गाडीबाट शव राखिएको ठाउँ नारायाणी अस्पताल वीरगंजमा पठाएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए । फेला परेको शव हत्या गरेर नै फालेको प्रहरीको प्रारम्भीक अनुसन्धान छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -