Thursday, July 25, 2024
घरसमाचारखेलकूदवीरगंजमा रेन्वो क्लासिक शारीरक सुगठन प्रतियोगिता आयोजना हुने

वीरगंजमा रेन्वो क्लासिक शारीरक सुगठन प्रतियोगिता आयोजना हुने

अकबर हवारी/
वीरगंज, २९ भदौ/
शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले वीरगंजमा रेन्वो क्लासिक शारीरक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।

पर्सा बडिविल्डिङ एण्ड फिटनेश एशोसिएसन, पर्सा र फिटनेश एशोसिएसन पर्सा र फिटनेश स्टूडियो नेपाल काठमाण्डौको आयोजनामा आगामी असोज ३ गते र ४ गते राष्ट्रव्यापी युवा समूहको सहभागीता रहने गरी आयोजना गर्न लागिएको कार्यक्रम संयोजक संतोष पटेलले जानकारी गराउनु भयो ।

शारीरिक व्यायाम गर्न सर्वसाधारणलाई प्रेरित गर्ने, विभिन्न प्रकारका दुव्र्यसनहरूबाट युवा वर्गलाई टाढा राख्ने, शारीरिक सुगठन खेलको संस्थागत विकास र विस्तार गर्ने, शारीरिक सगठन खेलकालागि व्यवसायिक खेलाडीहरू तयार पार्ने, युवाहरुलाई बडि बिल्डिङप्रत आकर्षित गरी स्वास्थ्य नै धन हो भन्ने भावना जागृत गराउने, अन्य संघ संस्थालाई समेत प्रतियोगिताको आयोजना गर्न प्रेरित गर्ने, बडी बिल्डिङ एउटा खेल मात्र नभई संगितको धुनमा शरीरको मसल्सहरू प्रदर्शन गर्ने एउटा कला भएकोले खेलाडीहरूको कला प्रस्तुत गर्ने अवसर दिने,सर्वसाधारणलाई दैनिक व्यायाम गर्न प्रेरित गरी स्वास्थ्य क्षेत्रमा हुने अनावश्यक खर्चलाई कटौती गर्न सहयोग गर्ने लगायतका उद्देश्यसाथ शारीरिक सुगठन प्रतयोगिताको आयोजना हुन लागेको पर्सा बडी बिल्डिङ फाउण्डेशन एसियाका अध्यक्ष दिपराज वर्णवालले बताउनु भयो ।

वर्तमान प्रतिस्पर्धात्मक युगमा कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न स्वास्थ्य शरीर र शारीरिक बनोटले समेत भूमिका निर्वाह गरेको हुन्छ, स्वस्थ, तन्दुरुस्त र आकर्षक शारीरिक बनोट तथा मानसिक तनावमुक्त रहन नियमित शारीरिक व्यायाम अर्थात बडी बिल्डिङ अपरिहार्य आावश्यकता हो ।

नियमित शारीरिक व्यायाम गरे स्वस्थ, निरोगी र मानसिक तनावबाट मुक्त र्भन्छ भन्ने हुँदा धेरै जसोमानिसहरूमा अल्छिपना बढ्ने र कुनै काम गर्ने जाँगर, उत्साह नहुने हुँदा नकारात्मक सोचहरूको विकास हुन्छ । त्यसैले प्रतियोगिताको माध्यमबाट सर्वसाधारणलाई शारीरिक व्यायाम प्रति आकर्षित गरी समयको सदुपयोग स्वरुप व्यायाम गर्न प्रेरित गर्ने र यस देशभरीको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले हुन लागेको प्रतियोगितामा सहभागीको लागि सबैलाई आह्वान गरेका छन् ।

विशेषत: युवा समूहलाई ५ समूह (५५, ६०, ६५, ७०, ७५ प्लस केजी)मा करिब दुई सय युवाहरूलाई सहभागि गराइ संचालन गरिने उद्देश्य रहेको सो प्रतियोगिता दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -