Sunday, July 21, 2024
घरसमाचारविजय मोक्तानद्वारा दोश्रो कार्यकालकोलागि गैआसं नेपाली जर्मनीको निर्वाचनमा उमेद्वारी

विजय मोक्तानद्वारा दोश्रो कार्यकालकोलागि गैआसं नेपाली जर्मनीको निर्वाचनमा उमेद्वारी

– स्वर्ण विक्रम शाह

गैर आवासीय नेपाली संघ जर्मनीको निर्वाचन यहि मिति २०१९, १४ सेप्टेम्बरलाई राखी सकेको आधारिक पुष्टि भई सकेको छ । यस निर्वाचनमा पनि २०१७-२०१९ को कार्यकालका लोकप्रिय र सफल अध्यक्षको रुपमा आफ्नो पहिचान बनाउन सफल बिजय मोक्तान ज्यू गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जर्मनीको २०१९-२०२१ को कार्यकालको लागि दोश्रो पटक अध्यक्षमा पुन उमेद्वारी दिएका छन्।

बिगतमा जस्तै सबैको सद्भावपुर्ण माया, भर बिश्वास, ईमान्दारिता, निष्टा र पूर्ण जिम्मेवारीका साथ आफ्नो दायित्व निभाएर गैर आवासीय नेपाली संघ जर्मनीलाई स्वच्छ, निष्पक्ष र पार्दर्शीताको साथ निष्पक्ष भइ कार्य गर्ने प्रतिबद्धता दिएका छन् । यस कार्यकालकोलागि पनि पुराना कार्यहरुको निरन्तरता र नयाँ कार्य योजनाहरु लिएर आएको छु भन्दै निबर्तमान अध्यक्ष बिजय मोक्तान ज्यूले चन्द्रसूर्य वाणी दैनिकलाई बताउनु भयो ।

चन्द्रसूर्य वाणी दैनिकद्वारा एन आर एन ए जर्मनीका अध्यक्षका उमेद्वार बिजय मोक्तान ज्यूले जर्मनी स्थित सम्पूर्ण गैर आवासिय नेपालीहरुलाई सन्देश पनि दिनु भएको छ ।

जर्मनी निवासी आदरणिय बुवा आमा दाजु भाई तथा दिदी बहिनिहरु सबैले मेरो सपनाहरुलाई मूर्तरुप दिन तपाईंहरुले गर्नुभएको आर्थिक, नैतिक, भौतिक र अन्य सबैखाले सहयोग र त्यस्तो सहयोगको वचनबद्धता पुरा गर्नु मेरो मूख्य दायित्व र जिम्मेवारी रहेकोछ । तपाईंहरुबाट प्राप्त सहयोग पारदर्शी ढंगले सार्वजनिक गर्दै र सहयोगका लागि वचन दिनुभएका तपाईहरु सबैबाट उचित सहयोग पाउनेमा आफु पुर्नरुपमा विश्वाशत रहेको छु । सेवा नै धर्म हो भन्ने पवित्र भावनालाई आत्मसाथ गर्दै तपाईंहरुबाट एन आर एन का लागि प्राप्त सबै खाले सहयोगको मैले दुरुपयोग हुन दिएको छैन र हुन दिने पनि छैन । यो मेरो प्रण र प्रतिवद्धता हो । समुदायमा सेवा गर्नेहरु सर्वप्रथम आर्थिक मामिलामा पारदर्शी र इमान्दार रहनुपर्छ भन्ने मेरो र सबै को मान्यता हो । यसमा म कहिल्यै विचलित भएको छैन र हुने छैन ।

सबै नेपाली संघ, संस्था एवं समुदायप्रति सह अस्तित्व र सहकार्यको भावनाबाट प्रेरित भएर एन आर एन लाई सबै स्थानीय संस्थाको वास्तविक साझा संगठनको रुपमा अघि बढाउने काममा म जुरेको छु । मेरो विश्वास र मान्यता के हो भने हामीले अरुको अस्तित्वको सम्मान गर्न सक्नुपर्छ तबमात्र हामी सबैको हुनसक्छौं, जबसम्म अरुको अस्तित्व नै स्वीकार नगर्ने अहम् र घमण्डले हामीलाई छोड्दैन तबसम्म हामी समुदायको नेतृत्व गर्न पनि सक्दैनौं । जनताले नै सक्षम सबल सामाजिक छबी भएका उम्मेद्वार लाई चुन्ने सबैलाई मान्य हुने लोकतान्त्रिक पद्दति निर्वाचन मा पुन यहाँहरुको साथ र सहयोगमा म होमिने तयारीमा रहेको सबैमा सुचित गर्दै सबैलाई सदस्यता लिन पुन हार्दिक अनुरोध गर्दछु।
जय एन आर एन ।

बिजय मोक्तान ज्युले आफू अध्यक्ष हुदा नेपालका कंयौ गरिबहरुको उद्धार गर्नु भएको छ साथै नेपालका कंयौ क्लबहरुलाई पनि सहयोग गर्नु भएकोले सो क्लक मध्य भिमसेनगोला स्थित किङ्गकम स्पोर्टस क्लबलाई पनि बारमबार सहयोग गर्नु भएकोले उक्त क्लबका अध्यक्ष राजेश गुरुङ्ग लगायत सम्पूर्ण क्लबका सदस्यहरु र पिरमर्कामा वहाँले सहयोग गरिदिनु भएका सम्पूर्ण दिन दुखिहरुले पनि बिजय मोक्तानको जितकोलागि भगवान श्री पशुपतिनाथ संग प्राथना गर्नु भएको छ भने उहाँको भबिष्यको जितकोलागि अग्रिम शुभकामना ब्यक्त गर्नु भएका छन् ।

एन आर एन ए जर्मनीले यस कार्यकालकोलागि उमेद्वारी दिनुभएका उमेद्वारहरुको नामावली र पद यस प्रकार छ ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -