विहे नै नगरी गर्भवती भइन् यी नायिका…

0

मुम्बई । अभिनेत्री एमी ज्याक्सन प्रेग्नेन्ट छिन् । यसको जानकारी उनले सोसल मिडियामार्फत आफ्ना फ्यानसम्म पुराएकी थिइन् । अहिले उनी प्रेग्नेन्सी पिरियडको मज्जा लिइरहेकी छन् । आफूलाई फिट राख्दै उनले फोटोसुट पनि गरेकी छन् ।

सात महिनाकी प्रेग्नेन्ट एमीले सोसल मिडियामा फेरि आफ्नो टपलेस तस्बिर सेयर गरेकी छन् । तस्बिरमा एमी हट देखिएकी छन् । तस्बिरको क्याप्सनमा एमीले लेखेकी छन्, ‘ग्रिस ? होइन, मेरो बच्चा र म बेक गार्डेनमा रमाइलो गरिरहेका छौं । म ऊ आउने प्रतीक्षा गरिरहेकी छु । प्रेगनेन्सीको ३३ हप्तामा छु ।’

एमीका फ्यान र साथीभाइले उनका तस्बिर निकै रुचाएका छन् । केहीले एमीलाई ट्रोल पनि गर्न शुरू गरेका छन् । एक युजरले लेखेका छन्, ‘यति ठूलो क्याप लगाउन सक्नेले कपडा लगाउनचाहिँ किन नसकेको होला ?’ एमीले यही वर्ष जनवरीमा ब्वाइफ्रेन्ड जर्ज पानायियोटौसँग इन्गेजमेन्ट गरेकी थिइन् । उनीहरूले विवाह भने गरेका छनैनन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्