– सुजाता श्रेष्ठ घिमिरे
सृष्टीको उत्पत्ति र नेपालको स्थापनाकालदेखि नै सनातन धर्म संस्कृतिको शुत्रमा बाँधिएको चराचर जगत यतिखेर संकटमा परेको महसुश गरिन थालिएको छ ।
नेपाल संघीय धर्म निरपेक्ष गणतन्त्र स्थापना भएपश्चात देशमा चौतर्फी रुपमा वैदेशिक हस्तक्षेप बढ्दै गएको छ । पानी, ढुङ्गा, माटो, कुकुर, गाई, गोरु, भाई, विहिनी, कुमारी, गुरु, देवी देउता लगायत प्रकृतिले प्रदान गरेको सम्पूर्ण उपहारलाई पूजा गर्ने सनातनी आचरणमाथि हस्तक्षेप गरि विदेशी कुरीति, कुसंस्कार, छाडापन तथा विदेशी संस्कृति लाद्ने दुश्प्रयास क्रमिक रुपमा बढिरहेको छ ।
गणतन्त्र र धर्म निरपेक्षताको आडमा सरकारकै संरक्षणमा विदेशी र पश्चिमा धर्म, संस्कृति र संस्कारलाई नेपाली धर्म संस्कृति र परम्परामाथि जबरजस्ती लाद्ने काम हुँदै गएपछि यतिखेर परम्परागत नेपाली मौलिकता र धर्म संस्कृति लोपोन्मुख भइरहेको छ ।
हिन्दू धर्म संस्कृति र परम्परामाथि यसरी राज्यकै संरक्षणमा बढ्दै गएको हस्तक्षेपबाट जोगाएर यसको प्रवर्द्धन कसले गर्ने ? कसरी गर्ने भन्ने चिन्ता र चासो जनस्तरमा देखिएपनि धर्म र राष्ट्रवादीको नाममा खोलिएका संघसंस्था तथा संगठनहरुले खासै प्रभावकारी भूमिका खेल्न सकेको देखिन्न ।
यो हाम्रो आफ्नै कमजोरी हो जस्तो लाग्छ । जब हामी आफैंले हाम्रो धर्म संस्कृति निभाउन सक्दैनौं तब हामीसँग बसेको परिवार तथा मानिसहरु अरुको धर्म संस्कृति प्रति आकर्षित हुन जान्छन् र त्यही कमजोरीको फाइदा अरुले उठाउँछन् । यो हुनुमा अहिलेको सरकारले पनि ठुलो भूमिका खेलेको छ । जस्तै:- दशै जस्तो प्रमुख तथा महान चाडवाडमा बिदा कटाएर साथै अरु चाडपर्व बिदाहरु कटौती गराइदिएर । संघीयताले जातीय संस्कृति सिध्याउने काम गरेर । एन्जियो, आईएन्जियो मार्फत प्रलोभनमा पारेर सोझासिधा नेपालीहरुलाई कृश्चियन लगायत धर्म परिवर्तनको नाममा संगठित गराएर ।
पहिला हामी आफै सजग हुन जरुरी छ जस्तो लाग्छ । किनभने हामीले आफ्नै घरबाट सुरु गर्नुपर्छ । हाम्रो परिवारमा हामीले हाम्रो धर्म संस्कृति सम्बन्धि शिक्षा आफ्नो सन्ततिलाई दिनु पर्छ । चर्चहरुमा बम पड्काउँदैमा चर्च र क्रिस्चियन हुनेहरु बन्द हुदैन । भाैतिक बम भन्दा विचारकाे बम शक्तिशाली हुन्छ । उल्टै बुद्ध जन्मिएको शान्ति भुमि नेपालमा धार्मिक युद्ध शुरु भएर हिंसाको खतरा बढ्छ । त्यो गर्नु भनेको स्वाभिमानी हैन ।
त्यही भएर शिव शेना नेपालले हाम्रो देश नेपालमा कहिलै पनि लँडाई झगडा होस् भन्ने चाहाँदैन । शिव शेना नेपालले मातृभूमि आमा नेपालको रक्षाको लागि बिदेशी दलाललाई युद्धका लागि प्रेरित नगरि बैचारिक क्रान्तिले प्रतिबाद गर्नुपर्ने हुन्छ । विवेकता बिनाको बल र योजना बिनाको प्रतिफल असफल हुन्छ । हाम्रो देश नेपाल हिन्दु राष्ट्र हो । यसलाई सबै मिलेर बचाउनु पर्छ । हामी सबै नेपाली हिन्दुहरु एकजुट भए चर्चहरु आफैं बन्द हुन्छन् । धार्मिक हुनु भनेको आफैमा अनुशासनयुक्त, नैतिकवान, चरित्रवान र सर्वगुणी हुनु हो ।
मानवता नै धर्म हाे । हिन्दु धर्ममा विभेद छैन उदाहरणकाे लागि सूर्य भगवानले दिने प्रकाश सबैलाई दिने बराबरी छ, यसमा विभेद छैन । त्यसैले प्रकृतिबाटै प्रमाणित हुन्छ । सूर्यले दिने प्रकाश जस्तै हामाे धर्ममा कहिं पनि विभेद छैन । धर्म भनेकाे कुरा हृदय बाट नै आत्मसात गर्नु परम सत्य हाे जुन किनबेच हुँदैन यस्ता कुराहरू लाेभलालच र किनबेच गर्ने गरिएकाे कारणले गर्दा त्याे धर्म हुन सक्दैन ।
दिनानुदिन धर्म, संस्कृति र राष्ट्रियतामाथि चौतर्फी हमला र हस्तक्षेप बढ्दै गएको देखेर शिव सेना नेपालले यसको सरंक्षण, संवर्द्धन रक्षाको जिम्मेवारी लिएर अघि बढ्दै गर्दा हामी सम्पूर्ण नेपाली एकजुट हुनु आजको अनिवार्य आवश्यता भएको छ । हामीले आफ्नो धर्म संस्कृति र राष्ट्रभूमिको रक्षामा हातेमालो गर्न एकजुट हुन सकेको खण्डमा विदेशी हस्तक्षेप, धर्म रुपान्तरणका अभियन्ताहरु तथा सनातनविरोधीहरु स्वतः सिद्धिने छन् । शिव सेना नेपाल अरु कसैको विरोधको लागि स्थापित नभइ आफ्नो धर्म संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनको लागि भगवान शिवका दूत हुन् । यद्यपि धर्म र राष्ट्रभूमिमा संकट आए त्यसको बचाउमा शिव सेना नेपाल पछी पर्ने छैन ।
(टिप्पणीकार शिवसेना नेपालसँग आवद्ध शिव सैनिक हुन्)