Wednesday, November 27, 2024
घरसमाचारचिकित्सकको आन्दोलन जारी, अस्पताल बाहिरै बिमारीको उपचार

चिकित्सकको आन्दोलन जारी, अस्पताल बाहिरै बिमारीको उपचार

काठमाडौं÷६९ वर्षीया होइसल तामाङ दा“त निकाल्न वीर अस्पतालमा धाउन थालेको एक हप्ता भयो । बुधबार विहान उनले टिकट काटेर सम्बन्धित डाक्टरकहा“ उपचार गराउन जा“दा डाक्टर थिएनन् ।
यसअघि दैनिक आउने जाने मात्र गर्दै आएकी तामाङ आज भने आप्mनो उपचार हुनेमा ढुक्का थिइन् । किनभने एकहप्तादेखि आन्दोलनमा उत्रिएका डाक्टरको विरोधलाई प्रहरीले हस्तक्षेप गरी टिकट काउन्टर खुलाएको थियो । टिकट काउन्टर खुलेपछि धेरै बिमारीले टिकट पनि काटे । टिकट काटेर डाक्टरकहा“ जा“दा कोही पनि सम्बन्धित डाक्टर त्यहा“ थिएनन् ।
कर्मचारी समायोजन ऐनको विरोधमा सबै जसो सरकारी डाक्टर आन्दोलनमा छन् । डाक्टर आन्दोलित हु“दा बिमारीको बिचल्ली भएपछि बुधबार विहानै डाक्टरको धर्नामा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । प्रहरीको हस्तक्षेपबाट केही डाक्टर घाइतेसमेत भएका छन् ।
कर्मचारी समायोजन ऐन २०७५ सरकारी चिकित्सकको हकमा अन्यायपूर्ण रहेको भन्दै गत शुक्रबारदेखि सरकारी डाक्टर आन्दोलित छन् ।
प्रहरी हस्तक्षेपपछि डाक्टरले अस्पताल बाहिरै बेन्च राखेर बिरामीहरुको उपचार गरिरहेका छन्। विरोधस्वरुप अस्पताल बाहिरै बिमारीको उपचार थालिएको डाक्टरहरुले बताएका छन् ।
कर्मचारी समायोजन ऐन २०७५ अन्यायपूर्ण भएको भन्दै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । ऐनमा डाक्टरलाई स्थायनीय तह तथा प्रदेश अन्तर्गत समायोजनको व्यवस्था छ ।
सो अनुसार समायोजनमा जाने एमबीबीएस डाक्टरहरु कतिपय ठाउ“मा अहेब तथा खरदार अन्तर्गत रहेर काम गर्नुपर्ने हुन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -