२०८३ बैशाख २८ गते, सोमबार १०:१९

हामी आफू आफैं आफ्नो डाक्टर ! बनौं नेपालको ग्रीन टी संसारकै उत्कृष्ट चिया

स्वास्थ्य, समृद्धि र खुशीको प्रतीक तीनवटा मैनबत्ती बालेर, रिवन काटेर विर्तामाई अर्गानिक सेण्टर, छपकैयाद्वारा आयोजित स्वास्थ्य सेमिनार सम्पन्न भयो ।

सो उद्घाटन समारोहलाई स्वागत गर्नु हुँदै अर्गानिक वल्र्ड ग्रुप प्रा.लि.का प्रतिनिधि एन.बी थापाले जीवनको पहिलो उद्देश्य नै स्वास्थ्य शरीर हो भन्नु भयो । स्वास्थ्य सम्बन्धी सेमिनारलाई संवोधन गर्नु हुँदै अर्गानिक वर्ल्ड ग्रुप प्रालिका कम्पनी डाइरेक्टर रोशन लोले इध्न् को लोगो स्वास्थ्य, समृद्धि र खुशी हो । पूर्वीय दर्शन, चिन्तन, परम्परा, संस्कृति पश्चिमी संस्कृति भन्दा निकै उत्कृष्ट छ । मानिसको शरीर पंचतत्व (माटो, अग्नि, जल, वायु, आकाश)बाट बनेको छ । पंचतत्व बिग्रिएर पृथ्वीमा मानिसहरूको आयु घट्दै गएको छ । यतिखेर विकाससँगै विनश पनि छ । कोशले काम नगरेपछि मानिस विरामी हुन्छ । पंचतत्व विग्रिंदै गएबाट आगामी ११ वर्षमा पृथ्वी नै ध्वस्त हुने अनुमान गरिएको छ ।

शरीर दुख्ने पोल्ने, सुनिने कोशले काम नगरेपछि हुन्छ । मानिसको शरीर आफैंले औषधि उत्पादन गर्दछ । औषधि उत्पादन गर्ने कि औषधि सापट लिने भन्ने प्रश्न उठ्ने गरेको छ । रोगको नियन्त्रण कि रोगको निर्मूल । आफू–आफैं आफ्नो डाक्टर बन्ने इध्न्को अभियान हो ।

रोग पहिले डाक्टरर्ला थाहा हुँदैन, रोगीलार्य मात्र थाहा हुन्छ । हिजोआजका डाक्टर मेशिनको भर परेको छ । मानिसको शरीरमा रहेका ५०÷६० लाख कोष बिग्रिंदा पनि मेशिन, डाक्टर र वैज्ञानिकले बुझ्दैनन् । हामी आफैंले आप्mनो डाक्टर बन्न नसक्दाको कारण रोगीको संख्या वृद्धि भएको छ ।

ज्वरो रोग मात्र होइन, लक्षण मात्र होइन । दबाईको काम रोगको लक्षण सुकाउनु र लुकाउनु रहेको छ । यसले रोगलाई निर्मूल पार्न सक्दैन । दबाईले एक छिनकालागि रोग दबाउन मात्र सक्दछ । क्यान्सर रोग नै होइन भन्नु भएको थियो ।
उहाँले दबाईका पिता हिप्पोकेटस मेडिकल साइन्सको फादर हुन । विश्वको ९२ प्रतिशत हावा बिग्रिएको छ । पानी अहिले दूषित छ । जडिबुटीद्वारा उत्पादित दबाई तीन महिना निरन्तर खानु पर्दछ । १२ हजार प्रकारका जडिबुटी (जराजुरी–बुटाबुटी) नेपालमा छन् । रातो च्याउ, यार्सागुम्बा, घ्यू कुमारी, ग्रिन टी, जडिबुटी हुन् । प्रकृतिमा चिनी छ । केमिकल मिसाइएको लिपस्टिक, दन्त मंजनको ठाउ“मा प्राकृतिक दंत मंजन लिपिस्टिक उत्पादन हुँदैछ । दूध चियाको बेफाइदा धेरै छ । नेपालीको फुड कल्चर भात हो । भात बहादुर भन्दा साग बहादुर निरोगी हुन्छ । यार्सागुम्बा नेपाल, चीन, भारत, भुटान र चीनमा मात्र पाइन्छ । लिपस्टिकमा वंगुरको बोसो मिलाइएको हुन्छ । स्वादकालागि खाने की स्वास्थ्यकालागि खाने भन्ने अहं प्रश्न हो ।

नेपालीहरूले विषादी मिसाएको खानेकुरा खानुपर्ने बाध्यताले नेपालीको जीवन तनावपूर्ण हुँदै गएको छ । तनाव उत्पन्न भएपछि मानिस निदाउन सक्दैन । मानिसलाई २४०० क्यालोरी सन्तुलित भोजन चाहिन्छ । खाद्यान्न कम खाने, साग सब्जी बढी खाने गर्नु पर्दछ भन्नु भएको थियो । अर्गानिक वल्र्ड ग्रुप प्रा.लि. का वीरगंज अथराइज्ड विर्ता माई अर्गानिक सेन्टरका युगेश्वर शर्मा हुनुहुन्छ ।
साभारः उत्थान साप्ताहिक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM