२०८२ जेष्ठ ५ गते, सोमबार १६:२६

दूध खाएपछि यी चीज भुलेर पनि नखानुहोस्

एजेन्सी । दूध अमृत सरह मानिन्छ । मानिसका लागि दूध सेवन आवश्यक पर्छ । पोष्टिक आहारको रुपमा लिइएको दूध बच्चादेखि बृद्धसम्मका लागि उपयोगी पदार्थ हो । तर, यसको सेवन उचित तरिकाले नगरिए विष सावित हुनेछ । मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । तसर्थ, मासको दाल खाएपछि करिब २ घन्टापछि भने दूध पिउन सकिन्छ ।

यसैगरी नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानु हुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि गर्छ भने अमिलो फलसँग पनि दूध खानु हुँदैन । सुन्तला, कागतीलगायत अमिला फलसँग दूध एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना रहन्छ ।

दूध र दही एकैसाथ खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ । दूध पिएलगत्तै माछा खाँदा स्वास्थ्यमा हानि पुग्छ । माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM