पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन

0

काठमाडौं – पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको निधन भएको छ । कलेजो रोगबाट थलिएका गिरीको काठमाडौको बूढानीलकण्ठमा रहेको निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कलेजो रोगबाट थला परेका गिरीलाई हिजोमात्र अस्पतालबाट निजी निवास लगिएको थियो । गिरी राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बन्नुभएको थियो । गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राख्ने तयारी छ ।

२०३६ सालमा जनमत संग्रह गर्ने तत्कालीन राजा विरेन्द्रको घोषणाप्रति असन्तुष्ट रहँदै श्रीलंकामा बस्दै आएका गिरी ०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा मन्त्रीपरिषदको उपाध्यक्षका रुपमा नेपाल फर्किनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्