२०८२ कार्तिक २९ गते, शनिबार ०९:०८

आयल निगमले घटायो पेट्रोलिय इन्धनको मूल्य, अब कति ?

काठमाडाैं – नेपाल आयल निगमले अाइतबार मध्यरातिदेखि ला‍गू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २-२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो ।

नयाँ भाउ अनुसार अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर समान ९३ रुपैयाँ भएको छ ।

भारतीय आयल कर्पोरशनको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियमकाे भाउ घटाइएको तर खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM