पशुपति क्षेत्रमा रहेको प्राचीन मुर्ति तोडफोड भएको छ ।
गौरीघाटमाथि कैलाश डाँडामा रहेको किरातेश्वर मन्दिरको मुर्ति आफुलाई माता बताउने दुई जनाले तोडफोड गरको स्थानीयबासीले अभिषेक कर्माचार्यले जानकारी दिए ।
किरातकालमै बनकेो मानिने ढुंगाको मुर्तिको पछिल्लो भाग चोईटिएको छ ।
भालाले हानेको रहेछ, कर्माचार्यले भने, माता हुँ भनेर मध्यराति आएका दुई जना महिलाले रातो रंग मलाई मन परेन भन्दै तोडफोड गरिदिएछन् । मुर्तिको एक भाग पुरै ध्वस्त भएको छ ।
जोड्नै नसकिने अवस्थामा छ ।, उपत्यकामा पाइने कमै किरातकालीन मुर्तिमध्येमा पर्छ किरातेश्वर ।
यसको स्थापना किरातकालीन राजा यलम्बरको पालामा बनेको वंशवालीमा उल्लेख छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।