२०८२ असार २१ गते, शनिबार २२:५४

काठमाडौंमा मेडिकल कलेज खोल्न पाइँदैन भन्नु अतिवादी सोच : स्वास्थ्यमन्त्री यादव

काठमाडौं- उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाइँदैन भन्नु आतिवादी सोच भएको बताएका छन् ।

मधेसी डक्टर्स एसोसिएसनले आइतबार नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले काठमाडौं उपत्यकामा मापदण्ड र पूर्वाधार पुगेका संस्था खुल्न पाउनु पर्ने बताएका हुन्। ‘काठमाडौंमा मेडिकल कलेज नै खोल्न पाइँदैन भन्नु त अतिवादी सोच हो,’ उनले भने, ‘स्टयान्डर्ड कलेज खुल्नुपर्छ। काठमाडौंमा खुल्नुपर्छ, तराईमा खुल्नुपर्छ, जहाँ सम्भावना छ त्यहाँ खुल्नुपर्छ। तर त्यसको मापदण्ड हेर्नुपर्छ।’ सरकारले संसदबाट स्विकृत गरेको चिकित्सा शिक्षा अध्यादेश र डा. गोविन्द केसीसँग सरकारले गरेको सहमतिमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने व्यवस्था राखिएको छ। उक्त व्यवस्थाप्रति र डा गोविन्द केसीले उठाएको विषयप्रति आपत्ती जनाउँदै मेडिसिटी अस्पतालका सञ्चालक उपेन्द्र महतोले आफूहरुले मेडिकल कलेज चलाउन पाउनु पर्ने माग राखेपछि स्वास्थ्यमन्त्री यादवले जवाफमा मेडिकल कलेज खोल्न पाउनु पर्ने बताएका हुन्।

कार्यक्रममा मेडिसिटीका सञ्चालक महतोले आफ्नो अस्पतालमा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार र मापदण्ड पुरा भएको भन्दै मेडिकल कलेज सञ्चालन गर्न पाउनु पर्ने बताए। ‘यतिधेरै पूर्वाधार भएको र दक्ष जनशक्ति भएको अस्पताललाई मेडिकल कलेज चलाउन किन नदिने,’ उनले भने, ‘हामी नेपाली विद्यार्थीलाई मात्र होइन शतप्रतिशत विदेशी विद्यार्थी ल्याएर पनि पढाउन सक्छौं।’ उनले मेडिकल कलेजमा विदेशी विद्यार्थीको कोटा तोक्नु पनि गलत भएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM