गैरकानुनी काम गर्नेहरुलाई धमाधम पक्रँदै पर्सा प्रहरी

0

वीरगंज, २७ जेठ ।
पर्सा प्रहरीले आपराधिक तथा अवैध गतिविधिमाथि नियन्त्रण गर्ना थालेदेखि दिनहुँ जसो अवैध सामान तथा गैरकानुनी कृयाकलापमा संलग्न विभिन्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

यसै क्रममा पर्सा प्रहरीले भारी परिमाणको प्रतिबन्धित भारतीय नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीले दिएको जानकारी अनुसार आइतवार मध्यान्ह पौने एक बजेकाे समयमा जिप्रका पर्साबाट खटिगएको प्रहरी टोलीले ३१ लाख आठ हजार प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।


वीरगंजको रानीघाटमा चेकजाँच गर्ने क्रममा ना.३१ प. ५६०६ नंम्बरको चालक जि.बारा, जितपुर-सिमरा उ.म.न.पा.-८, लोसाङ, बस्ने बर्ष २१ को अजित कुमार झाको साथबाट भारतीय रुपैयाँ २ हजार दरका नोट ५०० थान रु.१०,००,०००।- र जि.बारा, जितपुर-सिमरा उ.म.न.पा.-७, जितपुर बस्ने निरज कुमार सिंहको साथबाट ऐ.स्थित १०० मी. को दुरीमा नजिकैको सडक छेउबाट भारतीय रुपैया २ हजार दरका नोट १०५४ थान रु.२१,०८,०००।- गरी २ हजार दरका नोट १५५४ थान जम्मा रु. ३१,०८,००० (अक्षरेपी रु. एकतिस लाख आठ हजार रुपैया मात्र) फेला पारी बरामद गरी भारतीय रुपैया, मानिस र मो.सा.सहित आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाउने कार्य भईरहेको छ ।

यस अघि पर्सा प्रहरीले गत जेठ ५ गते भारतीय रुपैयाँ १२ लाख सात हजार पाँच सय तथा जेठ २२ गते रु ३१ लाख ८० हजार भारतीय रुपैयाँ गरी ७४ लाख ९५ हजार पाँच सय अवैध भारतीय रुपैयाँ बरामद गर्नुका साथै ३ वटा मोटरसाईकल र ५ जना मानिस सहित आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि सम्बन्धित निकायमा पठाई सकिएको जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्