२०८२ चैत्र १२ गते, बिहीबार १४:०१

“राष्ट्रवादी” संगठन होइन, सहयात्राको खाँचो

-स्वयम्भुनाथ कार्की

राष्ट्रवादको परिभाषा भनेको राष्ट्रलाई माया गर्नु, राष्ट्रको निमित्त काम गर्नु हो । देश भुगोलले बन्छ भने राष्ट्र भुगोलले मात्र बन्दैन । कुनै देश राष्ट्र हुन त्यहाँ जनता हुनु पर्दछ, ती जनतालाई एक सुत्रमा जोडने भावना नभए राष्ट्रको आकार मात्र हैन कल्पनासम्म पनि असंभव छ । यो भावनाको श्रोत भनेको परंपरा संस्कृति, रितिरिवाज हुन । इतिहास, पुर्खाको गौरव राष्ट्र निर्माताको आदर छैन भने त्यो राष्ट्र देश त रहला तर राष्ट्र रहन सक्दैन । अनि जसले राष्ट्रवादको यो भावना आत्मसात गरेको छ त्यो राष्ट्रवादी हो ।

राष्ट्रवादको अपव्याख्या यो कालमा धेरै भएको छ । भारतलाई गाली गर्नु र चीनसंग लम्पसार पर्नुलाई राष्ट्रवाद भनेर आफुलाई राष्ट्रवादी देखाउने होड चलेको छ । राष्ट्रवाद कसैलाई गाली गर्नु र कसैसंग लम्पसार पर्नु होईन । आफ्नो मुलुकको स्वाभिमानमा चोट पुर्‍याउने छिमेकी वा मित्र राष्ट्रको हरेक कामको प्रतिकार राष्ट्रवादीको स्वभाविक कर्तव्य हो । कुनै मुलुकको कुनै कुराको प्रतिकार वा समर्थनको आधार त्यो मुलुकलाई गाली गर्नु वा त्यससंग लम्पसार पर्नुमा छैन । केवल त्यो कुराले मुलुकको स्वाभिमानमा कस्तो असर गरेको छ त्यो अनुसार व्यवहार गर्नुमा छ ।

अहिले आफुलाई राष्ट्रवादी भनेर तुलना गर्न राजा महेन्द्रको नाम प्रयोग गरिंदैछ । अर्थात विगतमा राष्ट्रवाद र राष्ट्रवादीलाई गाली गर्ने, भरसक शव्द नै उच्चारण गर्न धक मान्नेहरु राष्ट्रवादको नमुना राजा महेन्द्रमा देख्दा रहेछन् । अनि राष्ट्रवादी देखिनुको महत्व पनि बुझ्दै रहेछन् । महेन्द्र राजमार्गबाट महेन्द्र नाम नै बहिस्कार गरे, यतिमात्र हैन नेपालका राष्ट्र निर्माताको आदर गर्नु त कता हो कता उनलाई आतातायी लुटेरा भन्नेहरुसँग कुम जोडेका छन । शाही शव्दसँगै वैर छ । राजा महेन्द्र आलोचनाको तारो थिए । राजा ज्ञानेन्द्रलाई दोषरोपण गर्न राजा वीरेन्द्र जस्ता राजा भएको भए राम्रो हुन्थ्यो भन्छन् । तर उनै राजा वीरेन्द्रको शालिक रातारात चोरेर लुकाउँछन् ।

यस आलेखमा सहयात्रा आव्हान गरिएका राष्ट्रवादीहरु यस्ता मौसमी राष्ट्रवादी हैनन् । जो जहाँ भए पनि, खुल्ला रुपले बोल्न नसके पनि “स्वाभिमानी हिन्दू अधिराज्य नेपाल”को सपना बोकेर बसेको छ उनीहरुलाई आव्हान हो । जो यो सपना बेकेर बसेको छ त्यसले विगत लामो समयदेखि आफुलाई एक्लै सम्झेको छ । आफ्नो सामुन्ने भएकाहरु अधिकांश सबै जस्तो यो सपना बोक्ने भए पनि एक अर्कासंग खुल्न नसक्दा सबैले आफु एक्लै सम्झेका छन् । यदी आपसमा खुल्न सकेका भए सबैजसो जमघटमा वहुमत हुने सपना अल्पमतमा जस्तो देखा परेको छ ।

बारम्बार “स्वाभिमानी हिन्दू अधिराज्य नेपाल” भनेर कुनै संगठन सामुन्ने आउने गर्दछ । कुनै साधु वा धार्मिक स्वामी सामुन्ने आउँछ । अब त आफ्नो सपना बोकेको कोही आयो भनेर जनता त्यसको पछि लाग्छ । तर जब त्यसको नेतृत्व गर्नेको स्वास्र्थ पुरा गर्न समर्थकहरुको आस्था र विश्वासको लिलामी हुन्छ जनता थप निराश हुन्छ । एक संगठनमा जोड्ने प्रयत्नमा मान्यताक्रमले भाँजो हाल्छ । यसको परिणाम हरेक ५, १० व्यक्तिको समुह बनाएर अलग संगठन गर्दछन । यस्ता संगठनको प्रमुख काम नै यसै प्रकृतिका अन्य संगठनको खोईरो खन्नु हो । लामो विगतको अनुभव हो राष्ट्रवादीको एक संगठन असंभव कुरा हो ।

यदी एक संगठन भै हाल्यो भने पनि त्यो हानीकारक हुन्छ भन्ने कुरा राप्रपा नेपालको नेतृत्वले देखाई सकेको छ । यसैले एक संगठन बनाउने प्रयत्नमा समय, साधन, श्रोत खर्च गर्नु बेकार छ । बरु यसको स्थानमा आफु बीचका हजारौ मतभेद, फरक सोचलाई पछि उठाउने गरेर थाँती राखेर “स्वाभिमनी हिन्दू अधिराज्य नेपाल” सम्म सहकार्य वा सहयात्रा गर्नु वर्तमानको माग हो । यो नै राष्ट्रवादी जोडिने एक मात्र विकल्प हो । जसरी एक बसमा विभिन्न गन्तव्यका यात्रुहरु साझा गन्तव्यसम्म सहयात्रा गर्दछन् त्यसै गरेर साझा लक्षसम्म साथ लाग्नु नै सहकार्यको कार्यसुची हुन्छ ।

जसरी उदाहरण दिईएका बसका यात्रुहरु सामुहिक र एकल निर्णय गरेर यात्रा तय गर्दछन त्यसै गरेर यो सहयात्रामा पनि काम गरिनुपर्दछ । लक्ष्य प्राप्ती तर्फको कदम एकल भए पनि सामुहिक भए पनि साथ दिने काम गरिनु पर्दछ । एक अर्काको आलोचना वा विरोध लक्ष्यप्राप्ति पछि गर्न सकिन्छ, लक्ष्य प्राप्ति पछि सहयात्री बीच नै द्वन्द पनि हुनसक्छ । तर यस्तो कुरा लक्ष्य प्राप्तिसम्म निषेध हुनु पर्दछ । संगठन नभएर अभियानको रुपमा सहयात्रा भएकोले वरिष्ट र कनिष्टको विवाद हुने स्थान नै रहन्न । अआफ्नो संगठन समुह वा वर्चश्व जस्ताकोतस्तै राखेर केवल मिल्ने कुरासम्म मात्र एक अर्काको साथ लाग्ने हो । सहयोग प्राप्त गर्ने वा दिने हो । “स्वाभिमानी हिन्दू अधिराज्य नेपाल”को सपना बोक्ने सबैलाई एक अर्कासंग परिचय गराउने अभियानको खाँचो छ संगठनको हैन ।
विराटनगर-१

२०७५ जेठ २४ गते क्राइमचेक साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

चीन जाँदै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण स्थगित

चीन जाँदै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण स्थगित

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto sritoto sritoto
slot gacor m77 bendera62 andara88 m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM